मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको धुसेनीमा आयोजना भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक कटुन्जे युवा क्लबले हात पारेको छ ।
बिहीबार भएको फाइनलमा युनिक ब्याइज युथ क्लब तालामाराङलाई ४-२ गोल अन्तरले पराजित गर्दै कटुन्जेले उपाधिमा कब्जा जमाएको हो ।
उपाधिसँगै कटुन्जेले १५ हजार नगदसहित शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको युनिकले ७ हजार ५ सय र शिल्ड प्राप्त गर्यो ।
कटुन्जे युवा क्लब मेलम्ची-११ ले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

कोरोना कहरकाबीच स्वास्थ्य मापदण्ड पूरा गर्दै आयोजना भएको प्रतियोगिताको विजेतालाई पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद शेर बहादुर तामाङ, सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सिपि दुलाल लगायतले पुरस्कृत गरेका थिए ।