एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।
ग्वार्डीओलाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले बिहीबार सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ग्वार्डीओलाको सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो ।
तर, सिटी सम्झौता नसकिदै ग्वार्डीओलालाई क्लबमा राख्न सफल भएको छ ।
४९ वर्षीय प्रशिक्षक सन् २०१६ मा सिटी आएका थिए ।
सिटीलाई उनले दुई पटक प्रिमियर लिगको उपाधि दिलाएका छन् ।