• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
किन विवादित बन्यो एनपीएल ?
विश्वास थापा
बिहीबार, मंसिर ४, २०७७ विश्वास थापा
किन विवादित बन्यो एनपीएल ?

काठमाडौं । चतुरबहादुर चन्द गत वर्ष नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा आउने बित्तिकै फ्रेन्चाईज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेका थिए ।

विश्वमा लोकप्रिय र व्यवसायीक रुपमा सफल बनेका फ्रेन्चाईज क्रिकेट प्रतियोगिता आयोजनामा क्यानको बिशेष जोड रहदै आएको थियो ।

नीजि रुपमा एभरेष्ट प्रिमियर लिग (इपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) जस्ता फ्रेन्चाइज प्रतियोगिता नेपालमा सञ्चालन भईरहेका छन् । थोर बहुत सफलता समेत प्राप्त गरेका छन् । क्यान आफैले भब्य रुपमा एनपीएल आयोजना गर्ने योजना बनाएको थियो ।

तर, बुधबार बसेको क्यानको साधारण सभामा एनपीएल आयोजनाको जिम्मेवारी भारतीय कम्पनीलाई दिने प्रस्ताव अघि बढ्यो । सचिव अशोकनाथ प्याकुरेलले राखेको प्रस्तावमा केही बोर्ड सदस्य सहित क्यानका प्रतिनिधिले विरोध जनाएका छन् ।

आफैले आयोजनाको लक्ष्य राखेको एनपीएल अनुभव नभएको भारतीय कम्पनीलाई दिने तयारीमा क्यान कसरी पुग्यो ? किन बिना प्रतिस्पर्धा एनपीएलको लाइसेन्स भारतीय कम्पनीलाई बेच्ने प्रस्ताव क्यानले अघि बढायो । प्रश्न अहिलेसम्म अनुत्तरीत छ ।

तर, सञ्चालनमा नआउँदै एनपीएल विवादित बनेको छ ।

एनपीएल क्यान आफैले आयोजना गर्नुपर्ने जोड केही बोर्ड सदस्य र प्रतिनिधिले उठाएपछि साधारण सभाले यस बिषयमा निर्णय गर्न सकेन । तर क्यानको आगामी बोर्ड बैठकमा यस सम्बन्धि थप चर्चा–चर्की पर्ने निश्चित देखिन्छ ।

क्यानको योजना अनुसार एनपीएल यही नोभेम्बरमा गर्ने तयारी थियो । तर यसमा दुई कुराले अवरोध गर्यो ।

पहिलो कोरोना माहामारी ।

दोस्रो भारतीय कम्पनी ‘सेभेन थ्री एस’लाई एनपीएल आयोजनाको जिम्मेवारी दिने विषयमा सहमति जुट्न सकेन ।

एनपीएल आयोजना गर्ने पक्षमा सबै पदाधिकारी सहमत छन् । तर, लाईसेन्स बेचेर रोयल्टी लिने कि क्यान आफैले एनपीएल आयोजना गर्ने विषयमा क्यानमा विवाद देखिएको छ ।

क्यानका एक पदाधिकारीका अनुसार सन् २०२० को जनावरीमा दिल्लीको ‘सेभेन थ्री स्पोर्ट्स’ (एसथ्रीएस)ले एनपीएल आयोजनाको प्रस्ताव क्रिकेट संघमा राखेको हो ।

सम्झौता नभए पनि अनौपचारिक रुपमा एमओयू तयारी अवस्थामा छ । तर क्यानभित्र सहमती जुट्न नसक्दा एनपीएलको विषय साधारण सभासम्म आईपुगेको हो ।

खेलपाटीलाई प्राप्त सम्झौताको प्रारम्भिक ड्राफ्ट अनुसार क्यानले १० वर्षको लागि भारतीय कम्पनीलाई एनपीएल आयोजनाको लाइसेन्स दिने उल्लेख छ ।

लाइसेन्स दिए बापत क्यानले पहिलो वर्ष २ करोड ५० लाख पाउने छ भने हरेक वर्ष रोयल्टी रकममा वृद्धि हुँदै अन्तिम वर्षसम्म क्यानले जम्मा ४२ करोड रुपैयाँ प्राप्त गर्नेछ ।

सम्झौता अनुसार क्यानले आयोजना गर्ने एक मात्र टी–ट्वान्टी फ्रेन्चाईज प्रतियोगिताको सर्वाधिकार ‘सेभेनथ्रीएस’मा निहित रहनेछ ।

सम्झौता अनुसार टिम खोज्ने, मैदान स्तरोन्ती, ड्राफ्ट वा अक्सन गर्ने, प्रशारण अधिकार, प्रायोजक खोज्ने काम कम्पनीको हुनेछ ।

सम्झौतामा तोकिएको रकम आयोजकले क्यानलाई प्रदान गर्ने छ । प्रतियोगिताको फाईदा र घाटाको जिम्मेवारी सबै कम्पनीको हुने जस्ता प्रावधान समेटिएको छ ।

तर क्यानको वार्षिक साधारण सभाले एनपीएलको सन्दर्भमा ठोस निर्णय गर्न सकेन । एनपीएल आयोजनामा प्रष्ट दुई मत देखिएको छ ।

एक मत क्यान आफैले एनपीएल आयोजना गर्नु पर्छ भन्नेमा छ ।

दोस्रो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता बनाउन विदेशी कम्पनीलाई आयोजनाको अधिकार दिनैपर्छ भन्ने मत छ ।

क्यानले एनपीएललाई कम्तिमा वेष्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) स्तरको बनाउने लक्ष्यका साथ भारतीय कम्पनीलाई आयोजनाको जिम्मेवारी हस्तान्तरण गर्न खोजेको दाबी गरेको छ ।
साधारण सभामा सहभागी केही पदाधिकारीले भने अनुभव नभएको कम्पनीलाई एनपीएल आयोजनाको जिम्मेवारी दिने विषयमा प्रश्न उठाएका छन् । उनीहरु सम्झौताको अवधि लामो भएको र रकम समेत थोरै भएको भन्दै प्रस्तावको विरोध गरेका छन् ।

नेपालमा हाल तीन मुख्य फ्रेन्चाइज प्रतियोगिता हुँदै आएका छन् ।

क्यान सचिव अशोकनाथ प्याकुरेल अन्तराष्ट्रिय स्तरको फ्रेन्चाइज प्रतियोगिता बनाउन समेत विदेशी कम्पनीलाई ‘आउटसोर्स’ गर्न खोजिएको दाबी गर्छन् ।

’अहिले मुख्य तीन फ्रेन्चाइज हुँदै आएको छन् । क्यानले एक थप गरेर चार बनाउन खोजेको हैन । एनपीएल अब अन्तराष्ट्रिय स्तरको लिग बन्नु पर्छ ।’ प्याकुरेलले खलपाटीसंग भने, ’नेपालमा यत्रो लिग हुँदा जम्मा २–३ खेलाडीले अन्तराष्ट्रिय एक्सपोजर पाएका छन्, त्यसैले एनपीएल विश्व बजारमा जानु पर्छ । त्यसैले विदेशी कम्पनीलाई ‘आउटसोर्स’ गर्न खोजेका हौँ ।’

क्यानले झण्डै एक वर्षदेखि भारतीय कम्पनीसंग छलफल गर्दै आएको छ । तर एनपीएल १० वर्षका लागि ४२ करोडमा दिने शर्तको चर्को आलोचना भएको छ ।

प्रस्तावित कम्पनीको पुँंजी जम्मा भारतीय १ करोड रहेको र हालसम्म उसले कुनै प्रतियोगिता आयोजना नगरेकाले समेत शंका उब्जिएको छ ।

त्यसैले क्यानले सो कम्पनीसंग सम्झौता गर्न नहुने र आफैले एनपीएल आयोजनाको तयारी गर्नुपर्ने मत बलियो छ ।

कम्पनीबाट आएको प्रस्तावमा ध्यानपूर्वक विचार र छानबिन गरेर मात्र क्यानले सम्झौता गर्ने सचिव प्याकुरेल बताउँछन् ।

’अहिले प्रस्ताब मात्र आएको हो । साधारण सभामा यसबारे बृहत छलफल भएको छ । सबैले आफ्नो विचार राख्नु भएको छ ।’ प्याकुरेल भन्छन्, ’केहीले सम्झौता लामो भयो, कम्पनीमा शंका गर्नु पर्ने ठाउँ देखिएको कुरा उठाउनु भएको छ । बोर्डबाट यसबारे ठोस निर्णय गर्दै अघि बढ्ने भएका छौं ।’

एनपीएलको जिम्मेवारी लिने कम्पनीले मैदान निर्माणमा समेत ठुलो लगानी गर्ने प्याकुरेलले बताए ।

’मैदानमा प्यारापिट, फ्लोर लाइट जस्ता सबै सुबिधा कम्पनीले उपलब्ध गराउने भन्ने छ ।’ प्याकुरेलले थपे, ’मैदान त्रिवि मात्र नभएर, पोखरा, भैरहवामा समेत लगानी गर्ने कम्पनीले बताएको छ । यत्रो खर्च गर्दा कम्पनीले ३–४ वर्षसम्म लगानी मात्र गर्नु पर्ने हुन्छ । उसले आफ्नो लगानी उठाउन थप ५ वर्ष माग गरेको हो ।’

‘एसथ्रीएस’संगको छलफलमा क्यानले एनपीएलमा कम्तिमा ६ टिम रहने र एक भन्दा धेरै मैदानमा खेलाउने बताएको छ ।

कोरोना माहामारीको अवस्थामा अर्थतन्त्र कमजोर बनेको र लगानीकर्ता पाउन मुस्किल भएको हुनाले क्यानले एनपीएल आयोजनाको जिम्मेवारी दिने छोटो बाटो रोजेको छ ।

सचिव प्याकुरेलले भारतीय कम्पनीको प्रस्ताबमा साधारण सभामा छलफल भएको र थप छलफल गर्दै सम्झौतामा पुगिने जानकारी गराए ।

साधारण सभामा सहभागी तनहुँ जिल्लाका प्रतिनिधि सुदिप शर्माले एनपीएल नेपालको गौरबको बिषयमा रहेको उल्लेख गर्दै संवेदनशिल भएर निर्णय लिन क्यानलाई सुझाव दिएका थिए ।

’प्रतियोगिता आयोजनाको जिम्मा विदेशी कम्पनीलाई दिनु आपत्तिजनक हैन । क्यानले आफ्नो र नेपाल क्रिकेटको हितलाई हेरेर निर्णय गर्नु पर्छ ।’ ग्रेट हिमालय क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका शर्माले खेलपाटीसंग भने, ’एनपीएल अब नेपालको गौरबको लिग हुनेछ । यसमा देशको प्रतिष्ठा जोडिएको हुन्छ । त्यसैले सबै पक्षमा राम्रो बिचार गरेर सम्झौता गर्नु पर्छ ।’

प्रस्तावित सम्झौता अनुसार दश वर्ष लामो भएको उल्लेख गर्दै शर्मा त्यसलाई दुई चरणमा छुट्टाउन सुझाब दिन्छन् ।

’नेपाल क्रिकेट अब यस्तो खजाना भएको छ, जुन विदेशमा समेत राम्रो बिक्री हुन्छ । यसबाट राम्रो आम्दानी हुन्छ ।’ शर्माले थपे, ’माहामारीको अवस्थामा यो रकम सुरुवाती ४–५ वर्ष ठिक हो तर त्यसपछि राम्रो आम्दानीको स्रोत हुन्छ । त्यसैले यस सम्झौता किस्तामा गर्न सकिन्छ । सुरुमा ५ वर्ष गर्न दिने अनि आम्दानी र अवस्था हेरेर अर्को सम्झौता त्यही कम्पनीसंग गर्न सकिन्छ ।’

प्रतियोगिता आयोजनाको जिम्मेवारी विदेशी कम्पनीलाई दिएपनि शीर्ष स्थानमा क्यान आफै बसेर यसको रेखदेख गर्नुपर्ने शर्मा बताउँछन् ।

’समग्र एनपीएलको ‘गभर्निङ बडी’ क्याननै हुनु पर्छ । विदेशी कम्पनीलाई जिम्मा दिएपनि सम्पूर्ण सम्पति क्यानको हो । भोलि तल–माथि भयो भने जवाफदेही क्यान रहन्छ ।’ शर्माले भने, ’सम्झौतामा स्तरको प्रस्टता हुनुपर्छ । भोलि रकम कम्पनीले क्यानलाई देला तर स्तर भनेको जस्तो रहन सकेन भने के गर्ने ? सबै कुरा सम्झौतामा पहिल्यै राख्दा राम्रो हुन्छ । उसले टिभी राईट्स कस्तो कम्पनीलाई दिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हो ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP