मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगञ्ज म्याराथनलाई सहयोगको प्रतिबद्दता

बुधबार, ०३ मंसिर २०७७खेलपाटी संवाददाता
नेपालगञ्ज म्याराथनलाई सहयोगको प्रतिबद्दता
Loading ad...
mustang rice ad

काठमाडौं । धारा छैटौं नेपालगञ्ज म्याराथनको आयोजकले सम्बन्धित निकायहरुसँग छलफल गरेको छ ।

म्याराथनको मिति नजिकिदै गर्दा आयोजक क्रियटिभ ह्याण्ड्सले बुधबार सम्बन्धित निकायहरुसँग छुट्टा छुट्टै छलफल गरेको हो ।

छलफलमा सम्बन्धित निकायले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठ, क्यान इन्फोटेकका सञ्जय थापा, लायन्सका सेम शाक्य, होटल अर्गनाइजेसनका भाष्कर काफ्ले, हिसानका डा. अवनिन्द्रदत्त मिश्र, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वली, स्कूल सञ्चालक शशि स्वाँर, नेपाल बाल संगठनका दत्तप्रसाद आचार्य, मेरो टुकीका भोजराज शर्मा, रेडक्रसका प्रल्हाद विश्वकर्मालगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जको गौरव बढाएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस पटकको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनौट हुने भएकाले नेपालगञ्जवासीले आफ्नो सक्दो सहयोग गर्नुपर्ने उनीहरुले बताएका थिए ।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी गराएका थिए ।

आयोजकले बुधबार नै सुरक्षा अधिकारीसँग समेत छलफल गरेको छ । नेपालगञ्जको वीपीचोकदेखि शुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः वीपीचोकमा आइपुग्ने म्याराथनलाई व्यवस्थित गराउन सुरक्षा अधिकारीसँग छलफल गरिएको हो ।

वीपीचोकदेखि दौड शुरु भएपछि सडकको एउटा रुट खाली गराउने सुरक्षा अधिकारीले तयारी गरेका छन् । त्यसक्रममा ठाउँ ठाउँमा प्रहरी राखिने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी सुवास खड्काले रुट क्लियर गरेर ठाउँ ठाउँमा प्रहरी राखिने बताए ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक ईश्वर देवकोटा, ट्राफिक प्रहरी युनिट नेपालगञ्जका प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले सडकको एउटा रुट खाली गराएर ठाउँ ठाउँमा प्रहरी राखेर अघि बढ्ने बताए ।

नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।

कोराना भाईरसको महामारीको कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन