• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुपर ओभरमा कोलकत्ताको जित
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २, २०७७ खेलपाटी संवाददाता
सुपर ओभरमा कोलकत्ताको जित

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ ।

अबुधाबी आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै कोलकत्ताले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा कोलकत्ताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पुरा गर्यो ।

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित रहदै ४८ रन बनाए ।

जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्राएका थिए ।

कोलकत्तासँगको खेलसँगै वार्नरले आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । वार्नर ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी हुन् ।

वार्नर आईपीएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडी समेत हुन् । वार्नर भन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा रहेका छन् ।

यस्तै हैदराबादका लागि जोनी बेयरस्टोले ३६ रन बनाउँदा केन विलियम्सनले २९ रन बनाए । अब्दुल समादले २३ रन जोडे ।

कोलकत्ताका लक्की फर्गुसनले ३ विकेट लिए । पाट कुमिन्स, शिवम माभी र भरुण चक्रवर्तीले १/१ विकेट लिए ।



यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन जोड्दा कप्तान इयान मोर्गनले ३४ रन बनाए ।

यस्तै नितिश रानाले २९ रन बनाउदा राहुल त्रिपाठीले २३ रन जोडे । दिनेश कार्तिक २९ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । बिजय शंकर, बसिल थाम्पी र राशिद खानले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

हैदराबादको यो छैटौं हार हो । हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP