शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

नेपाल साफको उपाधि दाबेदार हो : सञ्जिव मिश्र (अन्तरवार्ता)

मंगलबार, १९ भाद्र २०७५खेलपाटी संवाददाता
नेपाल साफको उपाधि दाबेदार हो : सञ्जिव मिश्र (अन्तरवार्ता)

तस्विर : फेसबुक

mustang rice ad

काठमाडौं । बंगलादेशमा आज (मंगलबार) बाट साफ च्याम्पियनसिप सुरु हुदैछ । दक्षिण एसियाली फुटबलको विश्वकप मानिने प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतियोगितामा नेपालले सधै दाबेदारको रुपमा प्रस्तुत हुने र नकआउट चरणमा अगाडी बढ्न नसक्ने टोलीको परिचय बनाएको छ । नेपालले अहिलेसम्म प्रतियोगिताको फाईनल सम्म खेल्न सकेको छैन् ।

यस अवस्थामा नेपालको उपाधि सम्भावना, चुनौती र बलियो पक्ष के कस्ता रहेका छन् त ? यिनै बिषयमा खेलपाटीका हिम बिक्रम केसी र दिपेश तिमलसिनाले फुटबल विश्लेषक सञ्जिव मिश्रसंग कुराकानी गरेका छन् । त्यसको संम्पादीत अंश प्रस्तुत गरेका छौ ।

साफ जित्ने नेपालको सम्भावना कस्तो छ ?

नेपाल जस्तो टिमका लागि पहिलो म्याच महत्वपुर्ण हुन्छ । पाकिस्तानसंग कस्तो खेल्छ, त्यसमा सबै कुरा निर्भर हुन्छ । पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्न सकेमा दोस्रोमा भुटानलाई समेत हराउन सक्छ । बंगलादेशसंग समेत राम्रो नतिजा आउन सक्छ । नेपाल नकआउट चरण पुग्यो भने फाईनल पुग्न सक्छ ।

नेपालले थाईल्याण्डमा राम्रो तयारी गरेको छ । तर, एसियन गेम्समा तीनवटै म्याचमा पराजित भयौ । तर, एसियाडमा नेपाललाई पराजित गर्ने टोली धेरै माथिसम्म पुगे । जापानसंग हामीले रक्षात्मक खेलेको हो । भियतनामसंग नेपालले गोलको अवसर समेत सिर्जना गरेको हो । तर, पाकिस्तानसंगको खेल बिग्रियो । पाकिस्तानसंग हारेका कारण नेपाली खेलाडी साफमा शतर्क भएर खेल्छन् भन्ने लाग्छ । पहिलो खेल राम्रो खेल्यो भने अन्य खेलमा त्यसको प्रभाव रहन्छ ।

एसियन गेम्समा उमेर समूहका खेलाडीले मात्र ठुला टिमसंग खेल्न पाए । सिनियर खेलाडीले राम्रो टिमविरुद्ध खेल्न पनि पाएनन् । सिनियर टिमको रियल टेस्ट देखिएन नि ?

नेपाली प्रशिक्षकले कसरी खेलाउला थाहा छैन । तर, रोहित चन्द नेपाली फुटबलको सबै भन्दा राम्रो खेलाडी हो । उसलाई सेन्टर डिफेन्सको रुपमा खेलाउदा राम्रो होला भन्ने लाग्छ । अहिले हामीसंग साफमा डेब्यु गर्ने सम्भावना भएको सुमन अर्याल छ । उसको लेफ्ट डिफेन्डर राम्रो छ । ओभरल्याप र क्रसहरु निकै राम्रो निकाल्छ । त्यस्तै, निराजन निकै बर्षपछि टिममा आएको छ । क्रियटिभ मिडफिल्डर हो । डटेर खेल्छ । उसलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपुर्ण छ । हामीसंग प्रतिभा छन् तर कसरी प्रयोग गर्ने भन्ने महत्वपुर्ण हो ।

साफका प्रतिद्वन्द्वीलाई हेरेर नेपालको उपाधि सम्भावना के देख्नु हुन्छ ?

पहिलो खेलमा पाकिस्तानलाई हराउन सके भुटान, बंगलादेशसंग समेत राम्रो नतिजा आउन सक्छ । सेमिफाईनल म्याच कसैको पनि हुन सक्छ । भारतले अन्डर २३ को टिम खेल्नकालागि पठाएको छ । दक्षिण एसियामा भारत जहिल्यै हाम्रो तगारो हो । तर विगतमा हामीले भारतको सिनियर टिमलाई हराएका छौ ।

बंगलादेश सधै राम्रो खेल्छ । घरेलु भुमिका उसको प्रर्दशन अझै राम्रो छ । माल्दिभ्सले केही बर्षयता निकै राम्रो प्रर्दशन ग¥यो । अलि अस्फाक जस्तो खेलाडीबाट प्रेरित उसले दक्षिण एशियाली फुटबलमा राम्रो नतिजा निकाल्यो । तर अहिले त्यो प्रकारको खेलाडी माल्दिभ्ससंग छैन् । हाम्रो मुख्य प्रतिद्वन्द्वी भनेको भारत र बंगलादेशनै हुनेछन् । 

अफगानिस्तान समेत साफबाट अर्को क्षेत्रमा गएको छ । अमेरिका, युरोप लगायतका देशबाट खेल्ने खेलाडी भएकाले अफगानिस्तान बलियो रहदै आयो । उसले भारतलाई समेत हराएर साफ जित्न सफल भयो । अफगानि टिम नभएको कारणले हामी उपाधिकै लागि भिड्न सक्छौ ।

फुटबलमा जित्नकालागि सबै कुरा मिल्नपर्ने हुन्छ । आधुनिक फुटबलमा कुनैपनि टिमले कुनैपनि टिमलाई हराउन सक्छ । कुनै समय भारत र अफगानिस्तान बलिया थिए । त्यस हिसावमा उपाधिमा म नेपालको सम्भावना देख्छु ।

तुलनात्मक रुपमा नेपालको समूह सहज मानिएको छ । विपक्षी टिमविरुद्ध विगतको रेकर्डलाई हेर्दा । उसले प्रतियोगितामा केही फाईदा गर्छ ?

यसअघि एक प्रशिक्षक थिए, प्याट्रिक असाम्स । उनले नेपाली टिम भविष्यलाई हेरेर बनाएको भन्थे । सोही अनुसार नेपालले बंगबन्धु र साग जस्ता महत्वपुर्ण प्रतियोगिता जित्न सफल भएको थियो । तर हामीले आफ्नो क्षेत्रमा होसियार भएर खेल्नपर्छ । २०१५ को साफमा श्रीलंकासंग होसियार नहुदाँ हामी समुह चरणबाटै बाहिरिएका थियौ । त्यो खेल बराबरी भएको भए हामी सेमिफाईनल पुग्ने थियौ । 

एशियाडको नतिजालाई हेरेर नेपालले पाकिस्तानसंग होसियार भएर खेल्न पर्छ । पाकिस्तानस शारिरिक खेल खेल्छ । तर हामीले प्राविधिक रुप खेलेर पाकिस्तानलाई हराउनुपर्छ । पाकिस्तानविरुद्धको खेलमा चुकेनौ भने हामीले धेरै चिज साफमा जित्न सक्छौ ।

साफमा नेपालको मुख्य चुनौती के हो ?

करिब २ बर्ष बढी लामो समय जापानी प्रशिक्षकले टिम हेरिरहेको थियो । अहिले अन्तरिक प्रशिक्षकमा बालगोपाल महर्जन आएका छन् । करिब एक महिनामात्र भएको छ, उनले टिम हेरेको । खेलाडीलाई कसरी खेलाउने भन्ने चुनौती छ ।

अर्को सामान्यतया, साफ डिसेम्बरमा हुने गर्दथ्यो । सेप्टेम्बरमा अलि गर्मी हुन्छ । साँझको समयमा ढाकामा मौसम चिसोनै हुन्छ । तर भुटान र नेपाल हिमालय देश भएकाले अलि चिसो हुन्छ । हामीले सोही अनुसार गर्मीमा खेल्न मिल्ने गरि अभ्यास गरेको भए सहज हुने थियो । तर संयमित भएर खेले गारो नहोला भन्ने हो ।

साफका लागि भुटान र श्रीलंकाले धेरै अगाडी टिम तयार बनाएर अभ्यासमा जुटे । हामीले एउटै अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल पनि खेलेनौ । यसले नेपाली टिमको प्रर्दशनमा कत्तिको प्रभाव पार्छ ?

आवश्यकता अनुसार मैत्रिपुर्ण म्याचको तयारी पुगेन । एन्फामा नेतृत्व परिवर्तन आएपछि आफ्नै सोच र कार्यक्रम अनुसार फुटबल अघि बढेको छ । गत मेमा निर्वाचित सकिए लगत्तै खेलाडीको अभ्यास सुरु भएको हो । टिममा रहेका धेरै खेलाडीले एशियाड खेलेको हुनाले धेरै समस्या नहोला । मुख्य कुरा नेपाली टिममा धेरै भन्दा धेरै खेलाडी अनुभवी छन् । एउटामात्र डेब्यु गर्न बाँकी खेलाडी छ । तयारी पुगेन भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन ।

नेपाली टिमको बलियो पक्ष के हो ?

पछिल्लो समय नेपाली टिमले लड्न सिकेको छ । सोलिडारिटी कपमा किरण चेम्जोङले पेनाल्टी बचाउदै नेपाललाई उपाधि जिताएका थिए । २००८ यता लगातार राष्ट्रिय टिमबाट खेलिरहेको छ । हाम्रो गोलकिपिङ पक्ष निकै बलियो छ ।

त्यस्तै, विमलको गोल गर्ने कला गज्जवको छ । उसलाई सहयोग गर्न अन्जन, भरत र नवयुग जस्ता खेलाडी छन् ।

मिडफिल्डमा केही कमजोरी छ । बिक्रम लामा जस्तो खेलाडी हामीसंग छैन । नेपालको कमजोरी भनेको सधै मिडिफिल्डलाई होल्ड गरेर खेल्दैन । डिफेन्सिभ चरित्रको खेलाडीलाई मिडफिल्डमा खेलाउछ । अहिलेको फुटबलमा हामी आधुनिक तरिकाले जान पर्ने हो । तर हामी तर्सेर खेलिरहेका छौ । मिडफिल्ड जिम्मेवारीबाट भागेर खेलेको जस्तो देखिन्छ ।

अर्को हाम्रो डिफेन्स अलि होसियार हुनपर्नेछ । डिफेन्समा समेत पछिल्लो समय कमजोरी छ । डिफेन्स लाईनलाई बनाउन अझै बाँकीनै छ ।

नेपालको डिफेन्स पछिल्लो एक दशककै सुस्त देखिएको हो ?

हाम्रो अहिलको डिफेन्स अलि सुस्त देखिएको छ । मिडफिल्डले राम्रो भुमिका निर्वाह गरेमा डिफेन्सलाई अलि सजिलो हुन सक्छ ।

नेपालको मिडफिल्डमा शारिरिक रुपमा साना कदका खेलाडी छन् । यसले मिडफिल्डलाई कमजोर बनाउछ कि ?

हामीले सेन्टर डिफेनसमा रोहित चन्दलाई खेलाएर यसको पुर्ती गर्न सक्छौ । यसो गर्दा गोलकिपरमा किरणलाई समेत सजिलो हुन्छ । मिडफिल्डले समेत जमेर खेल्ने मौका पाउछ ।

नेपाली फुटबलले खेल्ने शैली सधै अस्थिर बन्यो, कुन ढाचामा खेल्दा राम्रो होला ?

सामान्यतया हामी ४–४–२ को ढाचामा खेलिरहेका छौ । विश्व फुटबल ४–३–२–१ मा खेलिरहेको छ । नेपालले समेत त्यही ढाचामा खेल्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

लामो समययता लिग नभएर हाम्रो घरेलु फुटबलको अवस्था दयनिय छ । यसले साफको नतिजा कत्तिको प्रभाव पार्छ ?

एन्फाले आयोजना गर्ने लिग फुटबल नभए पनि मोफसलमा नकआउट प्रतियोगिता भईरहेका छन् । अहिले राष्ट्रिय टिममा भएका खेलाडीहरु सक्रिय रुपमा खेलिरहेका खेलाडी छन् । त्यसकारण नेपाली टिमको प्रर्दशनमा खासै असर गर्दैन भन्ने लाग्छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस