एभर्टनका लेविन 'प्लेयर अफ दि मन्थ'
शुक्रबार, २३ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । एभर्टनका फरवार्ड डोमिनिक काल्भर्ट लेविन प्रिमियर लिगको 'प्लेयर अफ दि मन्थ' चुनिएका छन् ।
लेविन प्रिमियर लिगको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
लेविनले एभर्टनका लागि सेप्टेम्बर महिनामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनको उत्कृष्ट प्रदर्शनसँगै एभर्टन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।
एभर्टनले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ ।
उनले सेप्टेम्बरमा ५ गोल गरेका छन् ।
लेविनले पहिलो पटक यस अवार्ड जितेका हुन् ।
यस्तै चार वर्षपछि यस अवार्ड जित्ने उनी एभर्टनको पहिलो खेलाडी हुन् ।
यस अघि सन् २०१७ मा रोमेरो लुकाकुले यस अवार्ड जितेका थिए ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)