मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली फुटबलले चाहेको एन्फा !

बिहिबार, २२ आश्विन २०७७खेलपाटी संवाददाता
नेपाली फुटबलले चाहेको एन्फा !
Loading ad...
mustang rice ad

प्रणय बिरजङ्ग राणा

तानसेन, पाल्पा ।

अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु फुटबलको सर्वोच्च संस्था हो । एन्फा लामो समयदेखि एकल नेतृत्वबाट सञ्चालित रह्याे । संस्थागत कमजोरी सुधारको बाचा सहित एन्फामा नयाँ नेतृत्व आएको छ ।

विगतका कमजोरी देखाएर नयाँ नेतृत्व स्थपित हुदैन । पुरानालाई दोषारोपण गरेरमात्र परिवर्तनले सार्थकता पाउदैन । विगतमा भएका कमी कमजोरीबाट वर्तमान नेतृत्वले सुधार गर्दै फुटबल खेलको विकास गरेर आफुलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।

विगतमा भएका कमी कमजोरी साँचो हो भने अहिलेको नेतृत्वले फुटबल खेलको विकास गर्दै आफुलाई प्रमाणित गर्नुपर्ने जिम्मेवारी आएको छ । अन्यथा यसलाई फुटबल क्षेत्रमा सत्ता कब्जाको रुपमा बुझ्दा हुनेछ ।

केवल नेतृत्व परिवर्तनले मात्र विगतलाई असफल भन्नु अनुपयुक्त हुन्छ । नयाँ नेतृत्वबाट हालसम्म कामलाई विश्लेषण गर्दा सम्बन्धित अधिकारीहरु खासै ठुलो परिवर्तन नभएको सुनाउँछन् । नेतृत्वप्रति अपार विश्वास रहेपनि उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको देखिन्छ ।

वर्तमान नेतृत्वबाट विगतमा बिग्रिएको अन्तराष्ट्रिय सम्वन्धमा सुधार, राष्ट्रिय खेलाडीको प्रशिक्षण तथा सुविधामा सुधार, स्थानिय स्तरसम्म फुटवलको विकासका लागि नियमित प्रशिक्षण सञ्चालन भईरहेको, खेल सामाग्री वितरण जस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रगति विवरण सुन्न पाईन्छ ।

एन्फा चुनावमा भारी मतका साथ आएको नयाँ कार्यसमितिबाट फुटबलकर्मीले खेल र खेलाडीको स्तरमा ठुलो परिवर्तनकाे अपेक्षा राखेका छन् । परिवर्तनको नारा सहित नेतृत्वमा आएको समूहले आफ्नो अभियानको औचित्य पुष्टि गर्न भएपनि खेल, खेलाडी र खेलकर्मीको विकास गर्नुपर्ने आवश्यकता छ । वर्तमान नेतृत्वले पुरानै शैलीमा संस्था अघि बढाउँछ भने एन्फा परिवर्तनको अभियानकै औचित्यमाथि प्रश्न उठ्न सक्छ ।

खेल र खेलाडीलाई व्यवसायिक बनाउनु भन्दा व्यक्तिगत स्वार्थमा लाग्ने हो भने एन्फाको परिवर्तन नाराको कुनै अर्थ र तुक रहने छैन । खेल, खेलाडी र खेलप्रेमीको वृहत्तर हितका संरचनागत सुधारको आफ्नो धारणा राख्ने प्रयास गरेको छु ।

संस्था संरचना

विगतको संरचना भन्दा पृथक, शसक्त र मजबुत अनि समावेशी फुटबल संघ आजको आवश्यकता हो । फुटवल खेलको विकासको गति प्रदान गर्ने नै हो भने एन्फाको संरचना निर्माणका लागि ध्यान केन्द्रित गर्न नितान्त आवश्यकता छ । शसक्त, सकृय, मजबुत, समावेशी सहितको अबको संरचनाबाट मात्र नेपालको सिङ्गो फुटवल खेल विकास सम्भव छ ।

जिल्ला गठनमा पारदर्शीता अपनाई केन्द्रबाट जिल्लाको प्रतिनिधि सहितको प्रादेशिक संरचना निर्माण गर्नु अहिलेको आवश्यकता हो । प्रदेश प्रतिनिधिको सहभागितामा केन्द्र स्थापना गर्नु पर्दछ । जसमा राष्ट्रिय स्तरका फुटवल क्षेत्रका आवश्यक बिज्ञलाई पनि समावेश गर्न सकिन्छ ।

खेलको संरचना

नेपालको फुटवल खेल क्षेत्रमा गौरवपूर्ण ईतिहास बोकेको सहिद स्मारक फुटवल प्रतियोगिता सञ्चालनको संरचना परिवर्तन गर्नु अहिलेको आवश्यकता हो । नेपालका ए डिभिजन क्लव र विभागीय क्लब समावेस हुने संरचनामा अब परिवर्तन गरेर अलि लोकतान्त्रिक संरचना अहिलेको खाँचो हो । जसले गर्दा लिग प्रतियोगितालाई अझ ब्यापकता मिल्ने छ ।

सो प्रतियोगिताको शुरुवातको पहिलो चरण स्वरुप जिल्ला स्तरीय प्रतियोगिताबाट शुरु गरिनु पर्दछ । जिल्लाबाट छनौट भएको क्लवलाई दोश्रो चरणको प्रदेश स्तरीय प्रतियोगितामा समावेश गराई प्रतियोगिता सञ्चालन गरिनु पर्दछ । प्रदेशमा विजयी क्लब सहिद स्मारक प्रतियोगिताका लागि ए डिभिजनको मान्यताका साथ प्रदेश स्तरीय टिम छनौट गरी सो प्रतियोगितामा सहभागि हुन पाउने व्यवस्था गरिनु पर्दछ । सो व्यवस्थाले गर्दा प्रदेशमा रहेका प्रतिभावन खेलाडीले आफ्नो खेल आफ्नै प्रदेशको तर्फबाट अझ शसक्त ढंगबाट खेल्न सक्छन् ।

काठमाण्डौ उपत्यकामा मात्र सिमित ए डिभिजन क्लवको आधिपत्यताको अन्त्य भएर मोफसलका क्लबमा पनि आफ्नो विकासको अवसर प्राप्त मिल्नेछ । सो प्रतियोगिता बाहेक अन्य प्रदेश स्तरिय प्रतियोगिताका लागि केन्द्रले प्रदेश समिति र जिल्ला स्तरिय प्रतियोगिताका लागि प्रदेशले जिल्ला समितिलाई अभिप्रेरित गर्दा प्रतियोगिता संख्यामा वृद्धि भएर खेल स्तरमा पनि विकास हुनेछ ।

खेलाडी संरचना

अन्यौल र कष्टकर खेल जिवनका बाबजुत खेलाडीहरु फुटबलप्रतिको मोह एवं अभिरुचीका कारण यसमा होमिएका हुन्छन् । खेल सामाग्रीको संघर्ष, अभ्यासको संघर्ष, प्रतियोगिताका संघर्ष अनि खेलाडी छनौटमा हुने संघर्ष स्वीकार गर्दै आफ्नो उर्वर समय खेल क्षेत्रमा व्यतित गर्दछन् । यस्ता संघर्षशिल खेलाडीलाई अबको एन्फाले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।

एन्फाले आयोजना गरेको प्रतियोगिताबाट जिल्ला खेलाडी, प्रदेश खेलाडी र राष्ट्रिय खेलाडीमा बर्गीकरण गरी स्तर अनुसारकै सुविधाको घोषणा गर्दा खेलाडीमा उर्जा मिल्नेछ । यस व्यवस्थाले अधिपत्यताका कारण ओझेलमा परेका तथा अति न्यून परिश्रमिकमा पनि खेलिरहनु पर्ने बाध्यकारी अवस्थाबाट खेलाडीहरु मुक्त हुनेछन् । खेलाडीलाई उसको शैक्षिक योग्यताका आधारमा रोजगारीको अवसर प्रदान गर्न सकिएको खण्डमा अझ फुटवल खेलको विकासमा प्रभावकारीता मिल्नेछ ।

खेलकर्मी संरचना

कुनै पनि प्रतियोगिता सफल सञ्चालनका लागि निर्णायकको भूमिका अहम हुन्छ । अहिलेको जस्तो खेलमा हुने अराजकताका बीच प्रतियोगिता सञ्चालन गर्न सक्नु चुनौतीपूर्ण रहेपनि खेलकर्मीले सो चुनौती स्वीकार गरि प्रतियोगितालाई सफल तुल्याउन लागि परेका छन् ।

यस्तो अहम भूमिका निर्वाह गर्ने खेलकर्मीका लागि केन्द्रले विशेष विचार पुर्याउनु पर्दछ । केन्द्रले जिल्ला र प्रदेश स्तरीय खेलकर्मीको पनि संरचना तयार गर्नु पर्ने देख्छु ।

यदि जिल्ला र प्रदेश स्तरीय संरचना निर्माण गर्न नसकिएको खण्डमा जिल्ला र प्रदेश समेत समावेश हुने गरि केन्द्रीय स्तरको समिति स्थापना गर्नु आवश्यक ठान्दछु । खेलकर्मीलाई तालिम तथा सामाग्री प्रदान गर्नुका साथै प्रतियोगिता सञ्चालनमा समान अवसर प्रदान गर्नका लागि निर्णायकको कार्यविधि तयार गर्नु पर्दछ । क्लब तथा खेलाडीलाई अनुशासनमा बाध्नका लागि एन्फाले कडा नियम बनाउनुका साथै कडाईका साथ कार्यान्वयन गर्नुपर्छ । खेलकर्मीको सेवा सुविधाका बारेमा पनि यथोचित व्यवस्थाको निर्णय केन्द्रले गर्नु पर्दछ ।

उल्लेखित संरचना अनुसार जिल्ला स्तरीय, प्रदेश स्तरीय क्लब तथा खेलाडीमा सुधारका लागि जिल्ला तथा प्रदेश स्तरीय एन्फालाई आर्थिक पक्षमा सवलिकरण गर्नका लागि आर्थिक प्याकेज तथा प्रायोजकको व्यवस्था केन्द्रबाट हुन आवश्यक छ । फुटबल खेलको आवश्यक भौतिक पूर्वाधारको विकासमा सहयोग तथा पहल गर्ने, पर्याप्त खेल सामाग्री तथा नियमित र निरन्तर प्रशिक्षणको व्यवस्था र विभिन्न निकायबाट हुने प्रतियोगिता आयोजनामा केन्द्रको विशेष ध्यान जान जरुरी छ ।

सातै वटा प्रदेशमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन, सहिद स्मारक प्रतियोगितालाई पनि मोफसलमा सञ्चालनका लागि अवसर प्रदान, खेलाडी तथा खेलकर्मीहरुको जीवन तथा औषधी उपचार बिमाको व्यवस्था, जिल्लाका खेलाडी समेतलाई आवश्यक कोटाको व्यवस्थाका साथ प्रदेश स्तरीय एकेडेमीको व्यवस्था, खेलाडीलाई व्यवसायीक उत्पादनको ब्राण्ड प्रतिनिधिका लागि पहल गर्नु पर्छ ।

खेलबाट अवकास भएका पुराना खेलाडीलाई प्रशिक्षकमा रुपान्तरण, विद्यालयसंगको सहकार्यमा विद्यालय स्तरबाटै प्रशिक्षणको व्यवस्था, जिल्ला र प्रदेशसंगको समन्वयमा प्रतियोगिता तथा प्रशिक्षणको राष्ट्रिय क्यालेण्डर निर्माण, जिल्ला तथा प्रदेशका कार्यक्रममा नियमित सहभागीता जस्ता सुधार कार्यका साथ अहिलेको एन्फा नेतृत्व अघि बढ्न आवश्यक छ ।

फुटबल खेलको विकासको बाटोमा अघि नबढेर आन्तरिक मनमुटाव तथा अन्तर संघर्षमा समय व्यतित गर्ने हो भने फुटबलको नेतृत्व परिवर्तनले खास अर्थ राख्दैन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन