किटाटालाई लण्डन म्याराथनको उपाधि
आइतबार, असोज १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इथोपियन धावक शुरा किटाटाले लण्डन म्याराथनको उपाधि जितेका छन् ।
आइतबार भएको म्याराथनमा २ घण्टा ५ मिनेट ४१ सेकेन्डको समय निकाल्दै किटाटाले उपाधि जितेका हुन् ।
किटाटाले उपाधि जित्न केन्याका भिन्सेन्ट किप्चुम्बालाई एक सेकेन्डले पछि बनाएका थिए । उनले २ घण्टा ५ मिनेट २१ सेकेन्डमा दौड पुरा गरे ।
इथोपियाकै सिसे लेमा २ घण्टा ५ मिनेट ४५ सेकेन्डसहित तेस्रो भए ।
यस्तै चार पटकको च्याम्पियन तथा कीर्तिमानी धावक इलुईड किप्चोगेले भने आठौं स्थानमा रहे ।
गत मार्चबाट फैलिएको कोरोना भाईरसले महामारीको कारण यस पटक अक्टोबरमा प्रतियोगिता आयोजना गरिएको हो ।
यस अघि यस म्याराथन अप्रिल ५ मा हुँदै आएको थियो ।
सन् १९८१ मा सुरुवात भएको लण्डन म्याराथन पहिलो पटक तोकिएको समयमा आयोजना नभएको हो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


