एजेन्सी । लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण देखिएको छ ।
परिक्षणको क्रममा मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नतिजा लगत्तै माने एकान्तवासमा बसेका छन् ।
‘भाइरसको सामान्य लक्षण देखिएको छ । तर समग्रमा स्वास्थ्य अवस्था राम्रो छ ।’ क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
२८ वर्षिया माने गत सोमबार आर्सनलबिरुद्ध प्रिमियर लिगमा उत्रिएका थिए । तर उनी बिहिबार कारबाओ कपमै आर्सनलबिरुद्धको खेलमा उपस्थित थिएनन् ।
मानेले यस सिजन एनफिल्ड क्लबका लागि तीन गोल गरेका छन् । कोरोना संक्रमण देखिएपछि उनले अब प्रिमियर लिगमा एस्टन भिल्लाबिरुद्धको खेल गुमाउनेछन् ।
अन्तराष्ट्रिय विश्रामपछि लिभरपुलले अक्टोबर १७ मा एभर्टनबिरुद्ध खेल्नेछ ।
गत सोमबारमात्र प्रिमियर लिगमा १० जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो । परिक्षणको अन्तिम चरणमा सबैभन्दा धेरै जनामा कोरोना देखिएको हो ।