एजेन्सी । युरोपा लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रबार नयाँ सिजनको लागि समूह चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
समूह चरणको खेल तालिका अनुसार प्रिमियर लिग क्लब आर्सनल सहज समूहमा परेको छ ।
समूह 'बी' मा रहेको आर्सनलले समूह चरणमा रापिड वेन, मोल्डे र डुनडाल्कसँग खेल्नेछ ।
अर्को इंग्लिस क्लब टोटेनहम समूह 'जे' मा रहेको छ । यस समूहमा टोटेनहमसँगै लुडोगोर्ट्स, एलएएस्के र रोयल एन्टविर्र्प रहेका छन् ।
इटालियन क्लब रोमा समूह 'ए' मा पर्दा नापोली समूह 'एफ' मा रहेको छ ।
यस्तै इटालियन क्लब एसी मिलान समूह 'एच' मा रहेको छ ।
