एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडले चेक रिपब्लिकका डिफेन्डर भ्लादमिर कुफाललाई अनुबन्धित गरेको छ ।
वेस्ट ह्यामले डिफेन्डर भ्लादमिरलाई स्लाभिया प्रागबाट अनुबन्धित गरेको हो ।
२८ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग तीन वर्षको सम्झौता गरेका छन् । वेस्ट ह्यामले थप दुई वर्ष सम्झौता बढाउनका लागि विकल्प समेत दिएको छ ।
भ्लादमिर दुई सिजन स्लाभियामा बिताएर प्रिमियर लिग क्लब आएका हुन् ।
सन् २०१८ मा स्लाभिया आएका भ्लादमिरले क्लबका लागि ६५ खेलमा ६ गोल गरेका छन् ।
चेक रिपब्लिकका लागि उनले ८ खेलमा १ गोल गरेका छन् ।
