एजेन्सी । इटालियन क्लब लाजियोले ब्राजिलियन मिडफिल्डर आन्द्रेस परेरालाई लोनमा अनुबन्धित गर्ने भएको छ ।
लाजियोले मिडफिल्डर आन्द्रेसलाई एक सिजनको लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
२४ वर्षीय मिडफिल्डर आन्द्रेस लाजियोसँग सम्झौता गर्न रोम पुगिसकेका छन् ।
पहिल्लो समय युनाइटेडको सुरुवाती ११ मा पर्न असफल हुँदै आएपछि आन्द्रेस इटालियन क्लब आउन तयार भएका हुन् ।
सन् २०११ मा युनाइटेडको एकेडेमीमा भर्ना भएका आन्द्रेसले २०१४ मा सिनियर टिममा डेब्यु गरेका थिए ।

युनाइटेडका लागि उनले सबै प्रतियोगिता गरी ४० खेल खेलेका छन् ।
बेल्जियममा जन्मिएका आन्द्रेसले यू-१७ सम्मको उमेर समूह बेल्जियमबाट खेलेका थिए ।
तर, २०१४ बाट भने उनले ब्राजिलबाट खेल्दै आएका छन् । ब्राजिलको सिनियर टिमका लागि उनले १ खेल खेलेका छन् ।