शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

साफमा पुराना नतिजा भंग हुन्छ, नयाँ कीर्तिमान बन्छ : प्रशिक्षक महर्जन (अन्तरवार्ता)

आइतबार, १७ भाद्र २०७५खेलपाटी संवाददाता
साफमा पुराना नतिजा भंग हुन्छ, नयाँ कीर्तिमान बन्छ : प्रशिक्षक महर्जन (अन्तरवार्ता)

तस्बिर : एन्फा

mustang rice ad

सबैले यस्तो मौका विरलै पाउछन्, त्यसैले नेपाली फुटबलमा बालगोपाल महर्जन भाग्यमानी पात्र हुन् । खेलाडी र प्रशिक्षकको रुपमा उनी नेपाली फुटबलका सफल नाम हुन् ।

काठमाडौंमा भएको पहिलो साफ अन्डर १९ फुटबल च्याम्पियनसिप उनले जिताएका थिए, प्रशिक्षकको रुपमा । त्यस लगत्तै नेपालले फुटबलमा एकपछि अर्को सफलता हात पार्यो । बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा साग फुटबलको उपाधि नेपालले जित्यो ।

समयले फेरी महर्जनलाई नयाँ चुनौती थपिदिएको छ । बंगलादेशमा आगामी मंगलबारबाट सुरु हुने साफ च्याम्पियनसिपमा महर्जनले नेपाली टिमको नेतृत्व गर्दैछन्, मुख्य प्रशिक्षकको रुपमा ।

यही सेरोफेरोमा खेलपाटीकर्मी रमेश सुवदीले कार्यवहाक प्रशिक्षक महर्जनसंग राष्ट्रिय फुटबल टिमको तयारी, लक्ष्य र उपाधि यात्राको सम्भावनाको बिषयमा कुराकानी गरेका छन् ।

अन्तिम समयमा आएर राष्ट्रिय फुटबल टिमको कार्यवहाक प्रशिक्षकको जिम्मेवारी पाउनुभएको छ । एउटा ठुलो प्रतियोगिताको मुखैमा मुख्य प्रशिक्षक बन्दा कत्तिको दबाब महशुश गर्नुभएको छ ?

काम लिएपछि दबाव त भैहाल्छ । तर धेरै दबाब महशुश भएको छैन । सम्पूर्ण जिन्दगी फुटबलमा बिताईयो । कहिले खेलाडी कहिले प्रशिक्षक भएर । त्यसैले दबाबको महशुश गरेको छैन् । सुरुमा एक प्रकारको दबाब थियो, त्यसलाई सहजै स्विकार गरिसकेको छु । अहिले म तयारी अवस्थामा छु । मेरो टिम तयार छ । साफ च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ ।

साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य के हो ?
विगतको नतिजाले पक्कै निराश बनाउछ, त्यो राम्रो भएको छैन । तर टिमले लगातार तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको छ । एसियन  गेम्स, थाईल्याण्डको अभ्यास अनुसार जस्तो प्रकारको रिपोर्ट, विश्लेषण, नतिजा प्राप्त छ, त्यसले मलाई आशावादी बनाएको छ । यसपटक पुराना नतिजा भंग हुन्छ । नयाँ कीर्तिमान बन्छ ।

पछिल्लो समय लगभग नेपाली फुटबल गतिविधि शुन्य अवस्थामा रह्यो । यसले नेपाली टिमको प्रर्दशनमा कस्तो असर गर्ला ?
असर त एकदमै पर्छ । लिग नभएको ४ बर्ष भईसकेको छ । यसले सम्पुर्ण खेलाडी, प्रशिक्षक, रेफ्री, क्लबको व्यवस्थापनलाई असर गरेको छ । त्यसको सोझो असर राष्ट्रिय टिममा समेत पर्छ । सोही कारण २–३ वर्षयता राम्रो नतिजा छैन हामीसंग । तर बाहिर लिगहरु राम्रो भईरहेको छ । यो नियमित छ । भारत, बंगलादेश, माल्दिभ्स लगायतले फुटबलमा राम्रो गरेका छन् ।

साफ अगाडी तयारी स्वरुप नेपालले कुनै अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेलेन । नेपालको तयारीलाई के भन्नुहुन्छ ?
तयारी नभएको हैन । विगत ३ महिनाबाट हामीले खेलाडीलाई राखेर निरन्तर तयारी गरिरहेको छौ । एशियन गेमको सहभागिताले समेत गल्ती सुधार गर्ने मौका पाएका छौ । त्यस अगाडी थाईल्याण्डमा समेत दुई अभ्यास म्याच खेल्यौ । एशियन गेम्सपछि नेपालमा समेत राम्रो अभ्यास खेल्यौ । आशा गरौ नतिजा समेत राम्रो आउनेछ ।

लामो समयको प्रतिबन्धपछि फुटबलमा फर्किएको पाकिस्तानसंग समेत एशियन गेम्समा पराजित भयौ । यसले हाम्रो फुटबलको स्तरलाई कस्तो देखाउँछ ?
राम्रो खेल्दा खेल्दै हारियो । पाकिस्तान नराम्रो टिम हैन । तर उसले हाम्रो भन्दा राम्रो खेल्यो । गल्ति भनौँ वा पुराना नतिजालाई सुधार गर्दै साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउने भन्ने कुरा हो । त्यसमा सबै केन्द्रित भएर प्रयास गरिरहेका छौ । त्यसैले राम्रो नतिजा आउनेमा आशावादी छौ ।

साफमा हामीले कुन खेलाडीबाट बढी अपेक्षा गर्न सक्छौ ?
मैले एक जना दुई जना खेलाडीको नाम भन्दा उचित नहोला । फुटबल समग्रमा टिम गेम हो । त्यसैले सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । सबै खेलाडी सशक्त छन्, राम्रा छन्, प्रतिभावान छन् अनि सबै उत्तिकै महत्वपूर्ण छन् ।

नेपाल फुटबलको पुरानै समस्या हो, गोल गर्न नसक्ने । यो समस्या एशियन गेम्समा समेत देखियो । प्रशिक्षकको रुपमा कत्तिको आशावादी हुनुहुन्छ ?
पछिल्लो समय नेपालले हरेक प्रतियोगितामा पराजय भोग्दै आएको छ । त्यो भनेको गोल गर्न नसक्नुनै हो । विपक्षीलाई पेनाल्टी वा फ्रिकिक दिएर गोल खाईरहेका छौ । अहिले अवसरलाई कसरी गोलमा परिणत गर्ने र सकेसम्म गोल बढी निकाल्ने बिषयमा खेलाडीलाई केन्द्रित गरेको छु । आश गरौ यसपटक धेरै भन्दा धेरै गोल देख्न पाईनेछ ।

नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्ने आधार के ?
आधार भनेको टिममा नयाँ र पुराना खेलाडीको संयोजन छ । अनुभवी खेलाडी छन् । टिममा भएका सबै खेलाडी प्राविधिक र दिमागी रुपमा निकै प्रशिक्षित छन् । सबै खेलाडी एउटै टिमबाट निरन्तर खेलिरहेको हुनाले जित निकाल्न सहज छ । त्यही अनुसार हामीले आक्रमक फुटबल खेल्छौ । टोटल फुटबलको शैलीलाई लागु गछौ । बढी भन्दा बढी गोलको सिर्जना गछौ । हाम्रो जितको त्यहीनै आधार हुनेछ ।

उमेर समुहको साफ च्याम्पिनसिप जित्नु भयो । बंगलादेश बसाई तपाईकालागि भाग्यमानी देखिदै आईरहेको छ । कसरी लिनुभएको छ ?
यो एउटा संयोगमात्र हो । भाग्यमानी त्यो हुन्छ, जो सक्षम हुन्छ, मेहनत गर्छ । त्यसैलाई हो भाग्यलेसाथ दिने । मेहमत नगरे भाग्य कहाँबाट आउछ र ? बंगलादेशसंग मेरो सम्बन्ध जोडिएको छ । चाहे प्रशिक्षक होस वा खेलाडी । त्यो ठाँउमा धेरै मेहनत गरिएको छ । मेहनतले धेरै राम्रो परिणाम आएको छ । त्योसंगै भाग्यपनि जोडिएको छ । पहिला मेहनत अनि मात्र भाग्यको कुरा आउने हो ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस