मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

कमसेकम खेलाडी माथि न्याय गरौं !

बुधबार, ०७ आश्विन २०७७पुरुषोत्तम पौडेल
कमसेकम खेलाडी माथि न्याय गरौं !
Loading ad...
mustang rice ad

पुरुषोत्तम पौडेल ।

अहिले देशमा खेल प्रेमी प्रधानमन्त्री हुनु हुन्छ । खेलाडी भनेपछि हुरुक्क हुने खेलकुद मन्त्री छन् । खेलकुदमा महारथ प्राप्त व्यक्तित्व सदस्य सचिव हुनु हुन्छ । अरू खलकुदमा लागेका परिषदका सदस्यहरू र खेल पदाधिकारी समेत हुनु हुन्छ । फेरीपनि खेलाडी साथीहरूको चित्त दुखाउने काम भएको विषय खेलकुद क्षेत्रमा व्यापक चर्चा भैरहेको छ । विशेष गरि संविधान दिवसको सन्दर्भमा पदक वितरण गर्दा सागका स्वर्ण पदक विजेता निर्दोष खेलाडी बिचमा पनि पक्षपात र भेदभाव भएको भन्दै सरकारको आलोचना भैरहेको छ ।

विभागीय टिमबाट सहभागी भएर उतैवाट सिफारिस भएका प्राय सबैले पदक पाए तर राष्ट्रिय खेलकुद परिषदले सिफारिस गरेका कसैले पनि मान पदवी तथा विभुषण प्राप्त गर्न सकेनन । बडो दुखको विषय छ । कसरी यस्तो हुन गयो । खेलकुद ऐन अनुसार खेलाडीलाई मान–सम्मान तथा पदक पुरस्कारको सिफारिस गर्ने अधिकार केबल राष्ट्रिय खेलकुद परिषदलाई मात्र छ । फेरी राखेपकै सिफारिस भएका खेलाडीहरूले विभुषण किन पाएनन । यस्तो खराब नतिजा कसरी आयो ।

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उत्सापूर्वक सहभागी भएर नेपाली खेलाडीले ऐतिहासिक सफलता प्राप्त गरेका थिए । यो सफलताको लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खलकुद परिषद बिच जस लिन उछिन पाछिननै भएको थियो । खेलाडीको लगन र मेहनत अनि प्रशिक्षक र खेल संघ समेत पछि परेका थिए । आज मान पदवी तथा पदक वितरणमा भएको भेदभाव तथा कानुनी ढंगले अधिकार प्राप्त परिषदलाई समेत निरिह बनाईदा भने थोरैले मात्र मुख खोलेका छन । कि त सदस्य सचिव र सागका उद्घाटन र समापन समारोहका निर्देशकले पदक पाए पछि बाँकी सवैले पाएको ठानिनु पर्यो । होईन भने खेलाडीलाई न्यायको अनुभूती गराउने काम गरिनु आवश्यक छ ।

साग प्रतियोगिताको तयारी तथा सामान खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै सयौँ उजुरी अख्तियारमा परेका छन । युवा तथा खेलकुद मन्त्रालय स्वयम यस विषयमा कमिटी वनाएर छानविन गरिरहेको छ । त्यस सम्वन्धी विवादको केन्द्रमा रहेका पदाधिकारीलाई विभूषित गरेर सम्मान गर्ने अनि पदक जित्न सफल खेलाडीलाई चाँही छुटाउने कार्य खुला आँखालाई कतैपनि उचित लाग्दैन । चर्चामा आए अनुसार राष्ट्रिय खेलकुद परिषदले सिफारिस गरेका एउटा पनि स्वर्ण पदक विजेता खेलाडीले पदक नपाउनु अनि सिफारिसकर्ता सदस्य सचिवले जनसेवा श्री पदक पाउनु अरू आश्चर्यको विषय हो ।

ओलम्पियन संगिता वैद्य र १३ औं साग समारोह समितिका सचिव समेत रहेका राखेपका प्रशासन विभाग प्रमुखले पदक पाएका छन । सन् २००४ को एथेन्स ओलम्पिकमा छनौट चरण पार गरेरै ओलम्पिक खेलेकी तेक्वान्दो खेलाडी संगिना वैद्य एसियन च्याम्पियनका साथै सागकी दोहोरो स्वर्ण पदक विजेता हुन । उनी १३ औं सागमा तेक्वान्दोको प्रशिक्षक पनि थिइन् । संगीना वैद्यले पदक पाउनु स्वभाविक मात्र होईन, आवश्यक पनि थियो तर हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक तुलसी गुरुङले प्रवल जन सेवा श्री चतुर्थ पदकबाट विभूषित हुने अवसर पाउनु तर देशका निम्ती खेलेर राष्ट्रपतिदेखि आम नागरिकलाई एकै पटक खुशी बनाउने र देशको सम्मान वढाउने अन्तर्राष्ट्रिय खेलाडीहरूलाई विभुषण पाउने हकबाट वञ्चित गर्नु कतै न्याय सङ्गत हुदैन ।

३६ वर्ष पछि १३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक सहित कुल २ सय ७ पदक जित्दै पदक तालिकामा दोस्रो भएको थियो । सागको पदक तालिकामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको यो दोश्रो पटक भएपनि पदकका हिसाबले नेपालको अहिले सम्मको ठूलो सफलता हो । १३ औं सागमा पौडीकी गौरिका सिंहले ४ स्वर्ण, तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २–२ वटा स्वर्ण पदक जित्न सफल भएका थिए ।

कमसेकम यिनीहरु पदकका सबैभन्दा बलिया दावेदार हुन । फुटबल टोलीले पनि स्वर्ण पदक जितेको थियो भने बाँकी खेलाडीले समान १–१ स्वर्ण पदक विजेता थिए । तर राष्ट्रपतिबाट प्रदान गरिने मानपदवीमा भने अब्बल खेलाडीलाई बेवास्ता भएको छ । सागका स्वर्ण पदक विजेता खेलाडी मध्य विभागीय टिमका १५ खेलाडीले सम्बन्धित विभागको सिफारिसमा मानपदवी पाउने भएका छन् ।

राखेपले स्वर्ण पदक जित्ने सबै खेलाडी र सम्बन्धित खेलका प्रशिक्षकका लागि मानपदवी सिफारिस गरिएको कुरा जनाएको छ । तर उहाँहरु कसैको पनि नाम मान पदवी पाउने सूचिमा परेन कारण के हो ? कोही स्पष्ट जवाफ दिन तयार छैनन । सागको सुन्दर व्यवस्थापन गरेर पदक ल्याउन सफल भएको कारणले आफुले पदक भिर्ने तर पदकका कारक खेलाडीहरू चाँही बुच्चै बस्ने कुरा पनि राखेप नेतृत्वको लागी सुहाउने कुरा होईन । यो जायज ठहर्न सक्दैन । सेनालाई भोकभोकै राखेर भोजमा जाने सेनापतिहरुले आगामी दिनमा कसरी लडाँई जित्न सक्लान गम्भीर चिन्ताको विषय छ । स्वयम दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी भन्छन “सबै क्षेत्रका व्यक्तित्वहरुलाई राष्ट्रपतिबाट विभूषित गरिनु तर सागका पदक विजेता खेलाडीहरूलाई छुटाउँदा हामीलाई नमज्जा भएको छ “ ।

युवा तथा खेलकुद मन्त्रालयले राखेपमार्फत स्वर्ण पदक विजेता खेलाडीहरूलाई मान पदवीको लागि फारम समेत भराएको सुनिएको थियो । मान पदवीको लागि फारम भर्न गएको कुरा स्मरण गर्दै कतिपय खेलाडीहरू पदक दिनु नै थिएन भने किन बोलाई बोलाई फारम भराइएको हो भनेर आक्रोश व्यक्त गर्दैछन । वास्तवमा फारम भराएर पनि पदकको सूचिबाट खेलाडीहरूको नाम हराउनुले भने सवै खेलाडीहरूलाई पिडीत बनाएको छ । देश र जनताको लागि माखो समेत नमारेका व्यक्तिहरू विभूषित भएका छन । कतिपय भ्रष्ट आचरण भएका व्यक्तिको नाम समेत विभूषित हुने सूचिमा देखिन्छ । तर देशका परिचय र गहना खेलाडीको नाम नहुनु लज्जाको विषय हो ।

सागका स्वर्ण पदक विजेता खेलाडीहरू त सवैलाई मान पदवी दिए पनि फरक पर्दैनथ्यो । त्यसो गर्न सकिदैन थियो भने पनि एउटा ठोस मापदण्ड बनाएर स्वभाविक हुनेगरी विभूषित गरिनु पर्दथ्यो । एउटा मात्र पदक विजेता खेलाडी चाँही विभूषित हुने तर एक भन्दा बढी पदक विजेता खेलाडी छुटाईदा झन दुखद स्थिती पैदा गरिदिएको छ । त्यती मात्र होईन यसले हाम्रो मूल्याङ्कन प्रणाली र समभाव माथीनै प्रश्न खडा गरि दिएको छ । कुर्सीमा बस्ने मित्रहरूले पनि भाषण र व्यवहारलाई मिलाएर काम गर्नु पर्दछ र कामबाटै न्याय र समभाव राख्न सकेमा मात्र अरूलाई समेत जवाफ दिन सहज हुन्छ । चेतना आओस ।।।

-पूर्व खेलकुद मन्त्री पौडेल नेकपाको खेलकुद महासंघका संयोजक पनि हुनुहुन्छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन