शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

यसपटक साफको उपाधि जित्ने अवसर छ : कप्तान महर्जन (अन्तर्वार्ता)

शनिबार, १६ भाद्र २०७५नमीन ढकाल
यसपटक साफको उपाधि जित्ने अवसर छ : कप्तान महर्जन (अन्तर्वार्ता)
mustang rice ad

दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपको १२ औ संस्करण आगामी मंगलबारबाट बंगलादेशमा सुरु हुदैछ । सात राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म जित्न सकेको छैन ।

सधैको दाबेदार नेपालले अहिलेसम्म प्रतियोगिताको फाईनल यात्रा समेत तय गर्न सकेको छैन । दक्षिण एसियाली राष्ट्रको ‘विश्वकप’ मानिने साफमा यसपटक समेत नेपालले सहभागिता जनाउदैछ । नेपाली टिमको कप्तानी विराज महर्जनले गर्नेछन् ।

उनै कप्तान महर्जनसंग नेपाली टिमको तयारी, लक्ष्य, उपाधि यात्राको सम्भावनाका बिषयमा खेलपाटीकर्मी रमेश सुबेदीले गरेको कुराकानी गरेका छन् ।

तयारी कस्तो रहेको छ ?

तयारी रामो छ । विगत ३ महिनायता निरन्तर अभ्यास गरिरहेका छौ । भर्खरै एशियम गेम्स खेलेर आएका छौ । राम्रो प्रर्दशन ग¥यौ भन्ने लाग्छ । जापानसंग कम अन्तरको हारको नतिजा निकाल्यौ ।

भियतनाम र पाकिस्तानसंग समेत राम्रै खेल्यो । खेल हारेपनि हामीले सबै खेलमा राम्रो प्रर्दशन गरेका थियौ । नेपाली टिममा पुराना तथा नयाँ खेलाडीको समिश्रण छ । त्यही अनुसारको तयारी अघि बढिरहेको छ ।

नेपाली टिमको यसपटक साफको लक्ष्य भनेको के हो ?

हाम्रो मुख्य लक्ष्य फाईनल खेल्नु हो । तर हामी एक एक पाईला गरेर अघि बढ्न पर्छ । हाम्रो पहिलो लक्ष्य समुह चरण पार गर्नु हो । बंगलादेश, पाकिस्तान र भुटानलाई जितेर समुह विजेता बन्नु हो । त्यसपछि सेमिफाईनल र फाईनल सोचेका छौ ।

तुलनात्मक रुपमा हामी सहज समुहमा छौ । हाम्रो समुहमा भारत र माल्दिभ्स छैन । यस पटक हामीलाई राम्रो अवसर छ । मैले बुझेसम्म यो अन्तिम साफ हो । हामीले साग जित्यो, सोलिडारिटी जित्यौ ।

तर साफ च्याम्पियनसिप जित्न सकेका छैनौ । साफ जित्नु हाम्रोलागि विश्वकप जित्नु बराबर हो । त्यसैले हाम्रो लक्ष्य फाईनल खेल्नु हो ।

प्रतियोगिता जित्न खेलाडीमाथि कत्तिको दबाब छ ?

पक्कै हार्नकालागि खेल्ने होईन । जित्नैकालागि जाने हो । सबै टिम पुर्ण तयारीकासाथ आएका हुन्छन् । प्राय सबै टिमले अन्तराष्ट्रिय मैत्रिपुर्ण म्याच खेलेका छन् । श्रलिंकाले भर्खरै बंगलादेशसंग खेल्यो, १–० ले विजयी समेत बन्यो ।

त्यसैले प्रतिद्न्दीकालागि कमजोर सोच्न भएन । सबै टिम राम्रा छन् । त्यसैले अरुलाई कमजोर सोच्नु भन्दापनि हाम्रो बलियो बन्नेतर्फ लाग्न पर्छ ।


कप्तानको रुपमा साफ खेल्न जादाँ कस्तो महशुश भईरहेको छ ?

सामान्य खेलाडी र कप्तान भएर साफ खेल्न जानुमा धेरे फरक छन् । जो मैले भोगेको छु । त्यसलाई मनन गरेको छु । त्यसैले खेलमात्र नभएर सबैकुरा सन्तुलनमा राखेर नेतृत्व गर्नुपर्ने चुनौती छ । यसमा आफैले बुझ्नपर्ने धेरै छ ।


साफबाट सबै भन्दा धेरै क्यापको खेलाडी बन्न जादै हुनुहुन्छ । कसरी लिनुभएको छ ?

मेरोलागि ठुलो सौभाग्य हो । भगवानको आर्शिवाद, आमा बुवाको आशिृवाद र सम्पुर्ण फुटबल प्रसंशक र समर्थकको आर्शिवादले यो सम्भव भएको हो । एक प्रकारको गर्वको महशुश भईरहेको छ । देशकालागि धेरै खेल खेल्न पाउनु, इतिहास लेख्न पाउनु, एउटा खेलाडीकालागि ठुलो उपलब्धि हो । मेरालागि ठुलो सौभाग्य हो भन्ने लाग्छ ।

दक्षिण एसियाली फुटबलमा नेपालको राष्ट्रिय फुटबल टिमको स्तर कस्तो हो भन्ने मुल्याङ्कन गर्नुभएको छ ?

दक्षिण एसियामा नेपाल बलियो टिम हो । अहिलेसम्म हामीले सबै टिमलाई जितिसकेका छौ । तर फाईनल जित्न सकेका छौनौ । त्यसैले हामीलाई आफुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । नेपाली सधै दाबेदार टिम हो । नतिजाको हिसावमा हामी अझै बढी राम्रो गर्न सक्छौ ।

लिग नभएको करिब ४ बर्ष बित्यो । घरेलु फुटबलको बिकराल अवस्थाले साफमा कस्तो असर गर्ला ?

एकदमै असर पारेको छ । लिग भनेको देशको फुटबलको मेरुदण्ड हो । यसले खेलाडी उत्पादन हुने हो । लिगले फुटबलको कमिकमजोरी र बलियो पक्ष पत्ता लगाउन सकिन्छ । सामान्य खेलाडीकालागि खेल देखाउने ठुलो अवसर हो । त्यही अवसरमा खेलाडीको क्षमता देख्न सकिन्छ । व्यक्ति नभएर क्लब बलियोस्थितीमा पुग्छ । खेलाडी उत्पादनमा सहयोग गर्ने भएकाले लिग महत्वपुर्ण छ ।

नेपालले साफ जित्न सकेको छैन । यसपटक उपाधि जित्छ भन्ने आधार के ?

हाम्रो मुख्य आधार सामुहिक खेल भावना हो । ‘टिमवर्क हो’ । टिम स्पिड गेम हो । हामीले अझै आधुनिक टेनिङ पाएका छैनौ । नयाँ कुरामा अभ्यस्त हुन पाएका छैनौ । त्यसैले हाम्रो टिमको राम्रो पक्ष टिम स्प्रिड हो । हाम्रो युनिटी एकदमै बलियो छ । यसैलाई हेरेर अगाडी बढेका छौ । त्यसैलाई अझ सुधार गर्दै लागेका छौ ।

 

 

 

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस