लण्डन म्याराथन दर्शक बिना
बिहिबार, भदौ १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायतको चर्चित एथ्लेटिक्स प्रतियोगिता लण्डन म्याराथन दर्शक बिना संचालनमा हुने भएको छ ।
आगामी अक्टोबरमा हुने लण्डन म्याराथन सेन्ट जेम्स पार्कमा दर्शक बिना आयोजना गरिने भएको हो ।
कोरोना भाईरसको कारण स्थगित म्याराथन अक्टोबर ४ मा हुनेछ ।
म्याराथनमा सहभागी खेलाडीले अनिवार्य रुपमा कोरोना परिक्षण गराउनु पर्नेछ ।
खेलाडीले चार दिन अगाडी कोरोना परिक्षण गराउनु पर्ने बताईएको छ ।
यस्तै बेलायत सरकारले बनाएको कोभिड-१९ सम्बन्धि नियमको पालना गर्नु पर्नेछ ।
यस अघि यस म्याराथन अप्रिल ५ मा हुँदै आएको थियो ।
गत मार्चबाट कोरोना भाईरसले महामारीको रुप लिएपछि प्रतियोगिता स्थगित गरिएको थियो ।
सन् १९८१ मा सुरुवात भएको लण्डन म्याराथन पहिलो पटक तोकिएको समयमा आयोजना नभएको हो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


