रेड स्टार उपाधि नजिक
बिहिबार, भदौ १४, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इलामको रेड स्टार क्लब तेस्रो पाथिभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार सुनसरीको राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गर्दै रेड स्टारले फाइनल यात्रा तय गरेको हो ।
ताप्लेजुङको भानु माविको मैदानमा भएको खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अब फाइनलमा रेड स्टारले न्यू स्टार झापा र चर्च ब्वाइज क्लब काठमाडौंबिचको बिजेतासंग खेल्ने छ ।
प्रतियोगीताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)