श्रीलंकन बलर श्रीपालीद्वारा सन्यास
बिहिबार, साउन ८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंका महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।
३४ वर्षीय श्रीपालीले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी हुन् ।
सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडी श्रीपालीले श्रीलंकाका लागि ८९ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेकी छिन् ।
'मैले सन्यास लिने निर्णय गरेको छु । मैले यो समय उपयुक्त रहेको ठानेको छु,' सन्यास घोषणा गर्दै उनले भनेकी छिन् ।
श्रीपालीले श्रीलंकाका लागि सन् २००९,१३ र १७ को एकदिवसीय विश्वकप खेलेकी छिन् ।
यस्तै टी-ट्वान्टीमा २००९,१०,१२,१४ र १८ गरी पाँच पटक टी-ट्वान्टी विश्वकप खेलेकी छिन् ।
उनले श्रीलंकाको लागि अन्तिम खेल २०१८ को टी-ट्वान्टी विश्वकपमा बंगलादेशसँग खेलेकी थिइन् ।
सन् २०१४ को एसियन गेम्समा श्रीलंकाले कास्य जित्दा उनी टिममा थिइन् ।









-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)
