एजेन्सी । युरोपको फ्रेन्चाइज क्रिकेट लिग 'युरो टी-ट्वान्टी स्लाम' क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी वर्ष हुने आयोजना हुने भएको छ ।
आयोजकले बुधबार यस वर्ष तय भएको प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ । आयोजकले कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै प्रतियोगिता एक वर्ष सारिएको जनाएको छ ।
यस अघि यस प्रतियोगिता सन् २०१९ मै आयोजना हुने बताईएको थियो । तर,आयोजकले प्रतियोगिता सुरु हुन दुई हप्ता बाँकी रहदा प्रतियोगिता स्थगित गरेको थियो ।

![]()
यस अघि प्रतियोगिता सन् २०१९ को अगष्ट ३० देखि सेप्टेम्बर २२ सम्म हुने तालिका रहेको थियो । यस वर्षको मिति भने खुलाइएको थिएन ।
क्रिकेट स्कटल्याण्ड, क्रिकेट आयरल्याण्ड र नेदरल्याण्ड क्रिकेट बोर्ड सहआयोजक रहेको प्रतियोगितामा ६ टिम रहेका थिए ।
प्रतियोगिताको लागि सबै टिमले अक्सनबाट खेलाडी समेत छनोट गरिसकेको थियो ।