स्कटल्याण्ड क्रिकेटको प्रशिक्षण सुरु
मंगलबार, साउन ६, २०७७खेलपाटी संवाददाता
एजेन्सी । स्कटल्याण्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गरेको छ ।
स्कटल्याण्ड क्रिकेटले सोमबारबाट टिमको प्रशिक्षण सुरु गरेको जनाएको छ ।
कोरोना भाईरसको कारण लामो समयबाट रोकिएको प्रशिक्षण सोमबारबाट सुरु गरेको हो ।
पहिलो चरणमा १३ खेलाडी प्रशिक्षणमा फर्किएको स्कटल्याण्ड क्रिकेटले जनाएको छ ।
टिमलाई मुख्य प्रशिक्षक शेन बुर्गर, सहायक प्रशिक्षक ग्रान्ट मोर्गन लगायतले प्रशिक्षण दिएको बताईएको छ ।
स्कटल्याण्ड सरकारको गाइडलाइनको पालना गर्दै सामाजिक दुरीलाई कायम राख्दै तयारी थालिएको बताईएको छ ।
महिला टिमको प्रशिक्षण भने केहि समयपछि थालिने स्कटल्याण्ड क्रिकेटले जनाएको छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)