• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
गौतमबुद्ध रंगशाला – संकट झेल्दै, अघि बढ्दै
विश्वास थापा
आइतबार, साउन ४, २०७७ विश्वास थापा
गौतमबुद्ध रंगशाला – संकट झेल्दै, अघि बढ्दै

चितवन । साउन २, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थल ।

शुक्रबारको मध्यान्नको घाममा सामान्य गन्जी, हाफ कट्टु, मुखमा मास्क, टाउकोमा क्याप टोपी लगाएका हाँस्य कलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष ’धुर्मुस’ अर्थात सिताराम कट्टेल हौसिदै थिए । १ सय ५२ जना कामदारलाई हौसला दिदै धुर्मुस कामदारको निगरानीमा ब्यस्त थिए ।

बिरगंजबाट आएको एक समूहको काम देखेर उनी अन्य दिनको भन्दा छुट्टै जोसमा देखिएका थिए । हुन त धुर्मुस अर्थात सिताराम हरेक दिन नयाँ जोस र जाँगर सहित निर्माण स्थलमा कामदारसंगै खटिने गर्छन् । तर, नयाँ कामदारको समूहले गरेको कामको शैलीले उनमा छुट्टै उर्जा थपेको छ ।

केही दिनअघि मात्र आएको कामदारको समूहले अन्य काम गर्दै आएको समूहले भन्दा दुई गुणा छिटो काम गरेको छ । स्थानीय कामदारले दुई दिन लगाउने काम नयाँ समूहले एकै दिनमा सक्दा सितारामको बेग्लै उत्साह थपिएको छ ।

बिरगंजबाट आएको समूहमा झन्डै ५० वर्ष निर्माण क्षेत्रमा अनुभब भएका ३ ठेकेदार थिए । जसको अनुभबले काममा गति लिएको देखिन्थ्यो ।

तीनै अनुभबी कामदारसंग काम सिक्न धुर्मुस अन्य समूहका कामदारलाई सुझाउँदै थिए ।

'यो समूहबाट काम सिक्नु है । उहाँहरु झण्डै ५० वर्षदेखि यस्तो काम गर्दै आउनु भएको रहेछ ।’ अर्को समूहको कामदारलाई धुर्मुस भन्दै थिए । अनुभबी कामदारलाई अन्य समूहमा काम सिकाउन सुझाब दिन्थे ।

Image may contain: grass, outdoor and nature

हाल रंगशालामा प्यारापिटको पिल्लर ढलान गर्ने काम सुरु भएको छ । स्ट्याण्ड 'ए' र 'बी' को प्यारापिटमा केहि पिल्लार उठाउन बाँकी हुँदा साउनको पहिलो दिनबाट नै पिल्लर ढलान सुरु भएको हो ।

प्यारापिटको ढलान सुरु भएको १८ महिनाभित्र रंगशाला पूर्ण रुपमा निर्माण सक्ने लक्ष्य छ । यसको अर्थ कुनै बिपत्ति र आर्थिक संकट नआएको खण्डमा नेपालमा अबको १८ महिनाभित्र अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला तयार हुनेछ ।

नेपालको मौलिकता झल्कने र ३० हजार दर्शकले प्रत्यक्ष खेलको मज्जा लिन सक्ने रंगशाला अबको १८ महिनामा बनाउने लक्ष्य फाउन्डेसनले लिएको छ ।

'साउनको पहिलो दिनको मितिबाट १८ महिनामा रंगशाला पूर्ण रुपमा सकिने छ । हाम्रो लक्ष्य त्यही हो,’ फाउन्डेसनका अध्यक्ष कट्टेलले भने ।

बहुप्रतिक्षित यति ठुलो परियोजना समयमा सक्न कत्तिको समस्या होला ? के अबको १८ महिना भित्र नै नेपालले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला पाउँछ त ?

धुर्मुस भन्छन्, 'आपत, विपत र आर्थिक अभाब भएन भने अवश्य बन्छ ।’

अहिले कोरोनाको महामारीले लकडाउनको अवस्थामा सबै सामानका मुल्य आकासिएका छन् । त्यसको मार रंगशाला निर्माणमा समेत परेको धुर्मुस बताउँछन् ।

लकडाउनले गर्दा करिब डेढ महिना काम ठप्प जस्तै रह्यो । बैशाख २० गते देखि सावधानीपुर्वक काम सुरु भए पनि लकडाउन अघिको जस्तो गति लिन सकेको छैन ।

Image may contain: one or more people and outdoor

लकडाउनले सबै सामानको भाउ आकासिदा आर्थिक अभाब झेल्नु परेको छ । रंगशालाका लागि भनेर नै लगाएको महायज्ञमा कबुल गरेको रकम उठेको छैन । करिब ६९ करोडको हाराहारीमा उठ्नु पर्ने रकममा अझै ६१ करोड रुपैयाँ बाँकी छ ।

यस्तै विभिन्न सरकारी तवरबाट छुट्टाइएको बजेट प्राप्त गर्न सकिएको छैन । हेटौंडा महानगरले दिएको ३० लाख रुपैयाँ बाहेक कुनै पनि सरकारी रकम प्राप्त भएको छैन । घोषणा भएका रकम सबै काजगमै सिमित छन् ।

'महायज्ञको ६९ करोडमा झन्डै ६१ करोड त उठ्ने बाँकी छ,’ निराश अनुहारमा धुर्मुस भन्छन्, 'सरकारी स्तरबाट समेत हेटौंडाको ३० लाख बाहेक अरु केही पाएका छैनौं ।’

महामारीको बेला फाउन्डेसन सहयोगको लागि अपिल समेत गर्न ठिक हुदैन । तर, लकडाउन अघि जो जसले जति रकम बोलेका थिए, ती रकम उपलब्ध गराए निर्माण कार्यले तिब्रता पाउने विश्वास धुर्मुसको छ ।

'यस्तो अवस्थामा सहयोग माग्नु उचित हैन । तर जसले लकडाउन अघि बोल्नु भएको रकम छ, चाँडै उपलब्ध गराउन आग्रह गर्छु,’ उनी भन्छन्, 'अहिले १ सय ५२ कामदारले काम गर्दै छन् । थपेर ३ सय बनाउँने योजना छ । प्रक्रिया पुरा गरेर रातिको समयमा समेत कामदार झिकाउन सकिन्छ ।’

Image may contain: one or more people, sky, outdoor, nature and water

रंगशाला निर्माणमा हालसम्म १४ करोड ५० लाख ९९ हजार रुपैयाँ भन्दा बढी खर्च भएको छ भने ११ करोड ३७ लाख ५० हजार रुपैयाँ मात्र संकलन भएको छ ।

रंगशाला निर्माण सामाग्री खरिद गरे वापतको साँढे ३ करोड भन्दा बढी रकम उधारो तिर्न बाँकी छ ।

'सामान के के चाहिन्छ सबै टिपाउनु है, सामान अर्डर गर्ने हो,’ धुर्मुस आफ्ना ठेकेदारलाई भन्दै थिए, ’चाहिएको सामान आउँछ । मैले के के गर्नु पर्छ, तपाईहरु भन्नुस मात्र ।’

आर्थिक ब्यवस्थापन कसरी गर्दै हुनुहुन्छ भन्ने प्रश्न गर्दा धुर्मुसको अनुहार मलिन देखिन्छ ।

'आर्थिकको पाटो हेर्दा त पर्सीबाट काम रोक्नु पर्छ ।’ उनी भन्छन् ।

झन्डै तीन अर्ब लागत अनुमान गरिएको रंगशालामा आर्थिक संकट लागेको प्रष्ट देखिन्छ ।

विस्तारै देश विदेशबाट सहयोग जुट्ने क्रम पुन सुरु हुन थालेको छ । अझै ठुलो सहयोग रंगशाला निर्माणको लागि आवश्यक रहेको छ । आफैले सहयोग गरेर बनाएको रंगशालामा जनताले अपनत्व महसुस गर्न सक्ने धुर्मुस बताउँछन् ।

कामदारको मेहनत, जनताको सहयोग र सद्भाव तथा धुर्मुसले देखेको सपनाले आकार लिएको खण्डमा अबको १८ महिनाभित्रमा अन्तराष्ट्रिय स्तरको रंगशाला नेपालमा बन्ने देखिन्छ ।

तस्बिर - धुर्मुस सुन्तली फाउण्डेशन

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP