शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने

शनिबार, ०३ श्रावण २०७७विश्वास थापा
क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने

null

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक छनोट गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि रिक्त रहेको पदमा क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने भएको हो ।

नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो ।

आईसीसी र एसीसीसंगको समन्व्यमा क्यानले अब खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने जानकारी दिएको छ ।

क्यानका सचिब अशोकनाथ प्याकुरेलले आईसीसीसंगको समन्व्यमा मुख्य प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गर्ने तयारी भएको खेलपाटीलाई बताएका छन् ।

’प्रशिक्षकको खोजी खुल्ला रुपमा गर्ने सुरु देखिकै योजना हो । तर केही प्रशिक्षकसंग अनौपचारिक संवाद समेत नाम जोडेर बाहिर आएको देखे । तर खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षकको खोजी हुन्छ ।’ प्याकुरेलले भने, ’त्यसमा प्रक्रिया के हुने भन्ने हो । आईसीसीले समेत यसमा गर्नु पर्ने काम संगै लैजान जरुरी छ ।’

आईसीसी निलम्बनको लामो समय पार गर्दै क्यान गठन भएपनि क्रिकेटमा देखिने गरि काम हुन नसकेको धेरैको गुनासो छ ।

’धेरैले बिर्सनु भएको कुरा भनेको क्यान ससर्त फुकुवा भएको हो । हरेक कुरा गर्न क्यानले आईसीसीसंग समन्व्य गर्नु पर्छ । प्रशिक्षकको समेत कुरा अघि बढिसकेको छ । सायद बर्षा सकिदा नसकिंदै केही टुंगो लागिसक्छ ।’ प्याकुरेलले थपे ।

खुला प्रतिस्पर्धाबाट प्रशिक्षक खोज्न क्यान तयार रहेको र आईसीसीले तयार गर्ने मापदण्डका आधारमा दर्खास्त आह्वान गरिने प्याकुरेल बताउँछन् ।

’आईसीसीसंगको कुरा टुङ्गिने वित्तिकै त्यसलाई बाहिर ल्याउँछौं । कस्तो मापदण्ड राख्ने, कस्तो समिति बनाउने भन्ने आईसीसीसंग छलफलमा हुन्छ । क्यान तयार अवस्थामा छ । आईसीसी भर्खरै अघि बढ्न सुरु गरेको छ । उसको आफ्नै एजेण्डा भएको कारण काम अलि ढिलो हुँदै गएको हो ।’ प्याकुरेलले गरे ।

क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद र आईसीसीसको सहमतिमा पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए । तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै राजिनामा दिएका थिए ।

सम्झौता अवधि सकिन झन्डै ३ महिना बाँकी रहंदा पटवालले आफ्नो तलबको विषयमा असन्तुष्टि देखाउंदै आईसीसीमा राजिनामा बुझाएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक