एजेन्सी । पाकिस्तान क्रिकेट टिमलाई पेप्सीले थप एक वर्षका लागि प्रायोजन गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मुख्य प्रायोजकको रुपमा पेप्सीसँग सम्झौता गरेको छ ।
नयाँ सम्झौतासँगै पेप्सी सन् २०२१ को जुन ३० सम्म पाकिस्तानी टिमको मुख्य प्रायोजक रहनेछ ।
सम्झौतापछि पाकिस्तानी क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण दौरान पेप्सी अंकित जर्सी लगाउने छ ।
पेप्सीले तीनै फर्म्याटको क्रिकेटका लागि पाकिस्तानलाई प्रायोजन गरेको हो ।
पेप्सीको सम्झौतासँगै कोरोनाको महामारीको समय पाकिस्तान क्रिकेट बोर्डलाई राहत मिलेको छ ।