लकडाउनमा क्रिकेट !

अभ्यासका क्रममा क्रिकेटर बिनाेद भण्डारी र फिजियाे बिक्रम न्याैपाने । फाेटाे : खेलपाटी
काठमाडौं । झन्डै ४ महिना देखी नेपाली क्रिकेट ठप्प छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण क्रिकेटमा समेत लकडाउन लाग्यो । गत सातादेखि अन्तराष्ट्रिय क्रिकेट फर्किएको छ । विभिन्न राष्ट्रले आवश्यक सावधानी अपनाएर अभ्यास सुरु गरिसकेका छन् ।
नेपालमा भने क्रिकेट कहिलेबाट फर्किन्छ भन्ने अनुमान गर्न सक्ने अवस्था छैन । लकडाउन खुकुलो भएपनि नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई अभ्यास गराउने अनुमति पाएको छैन ।
क्यानले खेलाडीलाई आवश्यक सावधानी अपनाउँदै मैदान उतार्न सरकारसंग अनुमति मागेको लामो समय भैसकेको छ । तर सबै प्रकिया र सावधानी अपनाउछु भन्दा समेत सरकारले अनुमती दिएको छैन ।
’अब खेलाडीलाई काठमाडौँ बोलाएर इन्डोर भएपनि अभ्यासमा ब्यस्त गराउनु पर्छ भनेर दुई हप्ता अघिनै राखेप समक्ष माग गरेका थियौं ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने, ’सबै प्रक्रिया र सावधानी पुरा गछौं भन्दा पनि हामीले अनुमती पाएका छैनौं ।’
यसअघि क्यानले जेठमा समेत अभ्यास सुरु गर्न राखेपसंग अनुमति पत्र पठाएको थियो ।
सरकारले अनुमती नदिने समयसम्म खेलाडी औपचारिक रुपमा मैदान नफर्किने सचिब प्याकुरेलले प्रष्ट पारे । ’खेलाडीहरु जो जहाँ छन्, व्यक्तिगत रुपमा आफुले अभ्यास गरेका छन् । क्यान निरन्तर कप्तान, प्रशिक्षक तथा फिजियोसंग छलफलमा छ ।’ प्याकुरेलले थपे, ’तर जबसम्म सरकारले अभ्यासका लागि अनुमती दिदैन तबसम्म सबै खेलाडीलाई जुटाएर औपचारिक अभ्यासमा फर्काउन सक्ने अवस्था छैन ।’

व्यक्तिगत अभ्यासमा रहेका खेलाडीलाई क्यानले आवश्यक सहयोग गर्दै आएको प्याकुरेलले जानकारी गराएका छन् । ।
काठमाडौमा रहेका खेलाडीलाई जिम, इन्डोर अभ्यास, ड्रिल्स, बलिङ मेसिन तथा कीर्तिपुरसम्म आउन, जाने व्यवस्था क्यानले उपलब्ध गराएको उनी बताउँछन् ।
सरकारले अनुमती दिएको खण्डमा खेलाडीको पीसीआर जाँच गर्दै सामान्य अभ्यासमा फर्काउने क्यानको तयारी छ । सबै खेलाडीलाई काठमाडौँ बोलाएर तत्काल क्याम्प राख्न नसकिने प्याकुरेल बताउँछन् ।
’सिजनको आधारमा समेत क्रिकेटको ठप्प हुने अवस्था हो । ग्राउण्डमा गएर क्रिकेट खेल्ने भन्ने एजेण्डा समेत हाम्रो हैन ।’ उनले थपे, ’कम्तिमा सानो समुहमा इन्डोर अभ्यास, फिजिकल गराउने भन्ने माग हो । बाहिरबाट आउने खेलाडी धेरै भएको कारण पीसीआर गराउने समेत हाम्रो माग छ । होटल समेत उपलब्ध नहुने भएकाले क्याम्प राख्न सकिंदैन ।’

माहामारीको अवस्थामा क्यानले खेलाडीलाई मैदान भित्राउने बाहेक आफ्नो अन्तरिक काम समेत गरिरहेको प्याकुरेल दाबी गर्छन् ।
’बाहिरबाट देखिने काम त भएको छैन । तर खेलाडीको सम्झौता, प्रशिक्षकको नियुक्तिबारे क्यानले काम गर्दै छ ।’ प्याकुरेल भन्छन्, ’तर सबैलाई थाहानै छ, क्यान आंशिक फुकुवा भएको हो । सबै काम आईसीसीसंग समन्व्य गरेर गर्नुपर्छ । आईसीसी समेत जुनदेखि पूर्ण रुपमा बन्द बस्यो । त्यसैले कतिपय काम चाहेर समेत गर्न सकेनौं । आन्तरिक काम भने गर्दैछौं ।’
खेलाडीको रकम अझै भुक्तानी भएन
सन् २०१९ देखी नेपाली राष्ट्रिय खेलाडीले पाउनु पर्ने तलब, भत्ता पाएका छैनन् । क्यान शशर्त फुकुवा हुनु अघि देखिको खेलाडीले आईसीसीबाट रकम पाउन बाँकी छ । झन्डै एक वर्ष पुग्दा समेत रकम नपाउँदा खेलाडी आर्थिक मारमा परेका छन् । यद्धपी क्यानले लामो समयदेखि आईसीसीमा पहल गर्दै आएको बताउँछ ।

’हामीले पाएको पछिल्लो सुचना अनुसार अबको दुई हप्तामा खेलाडीले रकम पाउनु पर्छ । यस विषयमा ठुलो महत्वका साथ आईसीसीमा पहल गरेका छौं ।’ प्याकुरेल भन्छन्, ’सबैले बुझ्नु पर्ने वर्तमान क्यान आउनु भन्दा अघिदेखिकै रकम अड्किएको हो । त्यसमा राखेप र आईसीसीको कुरा थियो । यद्दपी अबको दुई हप्तामा रकम आउँछ भन्ने संकेत पाएका छौं ।’













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)