बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

लकडाउनमा क्रिकेट !

शुक्रबार, साउन २, २०७७विश्वास थापा
लकडाउनमा क्रिकेट !
Classic Tech Internet Ad

काठमाडौं । झन्डै ४ महिना देखी नेपाली क्रिकेट ठप्प छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण क्रिकेटमा समेत लकडाउन लाग्यो । गत सातादेखि अन्तराष्ट्रिय क्रिकेट फर्किएको छ । विभिन्न राष्ट्रले आवश्यक सावधानी अपनाएर अभ्यास सुरु गरिसकेका छन् ।

नेपालमा भने क्रिकेट कहिलेबाट फर्किन्छ भन्ने अनुमान गर्न सक्ने अवस्था छैन । लकडाउन खुकुलो भएपनि नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई अभ्यास गराउने अनुमति पाएको छैन ।

क्यानले खेलाडीलाई आवश्यक सावधानी अपनाउँदै मैदान उतार्न सरकारसंग अनुमति मागेको लामो समय भैसकेको छ । तर सबै प्रकिया र सावधानी अपनाउछु भन्दा समेत सरकारले अनुमती दिएको छैन ।

’अब खेलाडीलाई काठमाडौँ बोलाएर इन्डोर भएपनि अभ्यासमा ब्यस्त गराउनु पर्छ भनेर दुई हप्ता अघिनै राखेप समक्ष माग गरेका थियौं ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने, ’सबै प्रक्रिया र सावधानी पुरा गछौं भन्दा पनि हामीले अनुमती पाएका छैनौं ।’

यसअघि क्यानले जेठमा समेत अभ्यास सुरु गर्न राखेपसंग अनुमति पत्र पठाएको थियो ।

सरकारले अनुमती नदिने समयसम्म खेलाडी औपचारिक रुपमा मैदान नफर्किने सचिब प्याकुरेलले प्रष्ट पारे । ’खेलाडीहरु जो जहाँ छन्, व्यक्तिगत रुपमा आफुले अभ्यास गरेका छन् । क्यान निरन्तर कप्तान, प्रशिक्षक तथा फिजियोसंग छलफलमा छ ।’ प्याकुरेलले थपे, ’तर जबसम्म सरकारले अभ्यासका लागि अनुमती दिदैन तबसम्म सबै खेलाडीलाई जुटाएर औपचारिक अभ्यासमा फर्काउन सक्ने अवस्था छैन ।’

राष्ट्रिय क्रिकेट टिम बिहिबार ...

व्यक्तिगत अभ्यासमा रहेका खेलाडीलाई क्यानले आवश्यक सहयोग गर्दै आएको प्याकुरेलले जानकारी गराएका छन् ।  ।

काठमाडौमा रहेका खेलाडीलाई जिम, इन्डोर अभ्यास, ड्रिल्स, बलिङ मेसिन तथा कीर्तिपुरसम्म आउन, जाने व्यवस्था क्यानले उपलब्ध गराएको उनी बताउँछन् ।

सरकारले अनुमती दिएको खण्डमा खेलाडीको पीसीआर जाँच गर्दै सामान्य अभ्यासमा फर्काउने क्यानको तयारी छ । सबै खेलाडीलाई काठमाडौँ बोलाएर तत्काल क्याम्प राख्न नसकिने प्याकुरेल बताउँछन् ।

’सिजनको आधारमा समेत क्रिकेटको ठप्प हुने अवस्था हो । ग्राउण्डमा गएर क्रिकेट खेल्ने भन्ने एजेण्डा समेत हाम्रो हैन ।’ उनले थपे, ’कम्तिमा सानो समुहमा इन्डोर अभ्यास, फिजिकल गराउने भन्ने माग हो । बाहिरबाट आउने खेलाडी धेरै भएको कारण पीसीआर गराउने समेत हाम्रो माग छ । होटल समेत उपलब्ध नहुने भएकाले क्याम्प राख्न सकिंदैन ।’

ओडीआईमा सर्वाधिक रन बनाउने क्रिकेटर ...

माहामारीको अवस्थामा क्यानले खेलाडीलाई मैदान भित्राउने बाहेक आफ्नो अन्तरिक काम समेत गरिरहेको प्याकुरेल दाबी गर्छन् ।

’बाहिरबाट देखिने काम त भएको छैन । तर खेलाडीको सम्झौता, प्रशिक्षकको नियुक्तिबारे क्यानले काम गर्दै छ ।’ प्याकुरेल भन्छन्, ’तर सबैलाई थाहानै छ, क्यान आंशिक फुकुवा भएको हो । सबै काम आईसीसीसंग समन्व्य गरेर गर्नुपर्छ । आईसीसी समेत जुनदेखि पूर्ण रुपमा बन्द बस्यो । त्यसैले कतिपय काम चाहेर समेत गर्न सकेनौं । आन्तरिक काम भने गर्दैछौं ।’

खेलाडीको रकम अझै भुक्तानी भएन

सन् २०१९ देखी नेपाली राष्ट्रिय खेलाडीले पाउनु पर्ने तलब, भत्ता पाएका छैनन् । क्यान शशर्त फुकुवा हुनु अघि देखिको खेलाडीले आईसीसीबाट रकम पाउन बाँकी छ । झन्डै एक वर्ष पुग्दा समेत रकम नपाउँदा खेलाडी आर्थिक मारमा परेका छन् । यद्धपी क्यानले लामो समयदेखि आईसीसीमा पहल गर्दै आएको बताउँछ ।

सन् २०२० मा नेपाली क्रिकेट कति ...

’हामीले पाएको पछिल्लो सुचना अनुसार अबको दुई हप्तामा खेलाडीले रकम पाउनु पर्छ । यस विषयमा ठुलो महत्वका साथ आईसीसीमा पहल गरेका छौं ।’ प्याकुरेल भन्छन्, ’सबैले बुझ्नु पर्ने वर्तमान क्यान आउनु भन्दा अघिदेखिकै रकम अड्किएको हो । त्यसमा राखेप र आईसीसीको कुरा थियो । यद्दपी अबको दुई हप्तामा रकम आउँछ भन्ने संकेत पाएका छौं ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए