एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आज (बिहीबार) बाट सुरु हुँदैछ ।
पहिलो टेष्ट गुमाएको इंग्ल्यान्डले वेष्ट इन्डिजसँगको दोस्रो टेष्ट म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा खेल्नेछ ।
पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो । जितसँगै वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको थियो ।
तर, दोस्रो टेष्टमा इंग्ल्यान्ड जित निकाल्दै पहिलो टेष्टमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित बाहेक अन्य बिकल्प रहेको छैन ।
दोस्रो टेष्टमा नियमित कप्तान जोय रुट टिममा रहेका छन् । घरायसी कामको कारण उनले पहिलो टेष्ट गुमाएका थिए । रुटको अनुपस्थितिमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी गरेका थिए ।
यस्तै दोस्रो टेष्टमा जोइ डेन्ली, मार्क वुड र जेम्स एण्डरसन टिम हुने छैनन् । साम करण र अनक्याप्ट खेलाडी ओली रोबिनसनले टिममा स्थान बनाएका छन् ।
यता, वेष्ट इन्डिज भने दोस्रो टेष्ट जित्दै सिरिज आफ्नो बनाउन चाहन्छ । जसको कारण इंग्ल्यान्ड दबाबमा हुनेछ ।