• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा कास्कीमा 'बाउन्स चेक'काे धन्दा !
बिक्रम बुढा क्षेत्री
सोमबार, असार ८, २०७७ बिक्रम बुढा क्षेत्री
एन्फा कास्कीमा 'बाउन्स चेक'काे धन्दा !

पोखरा । मिलन गुरुङ घरेलु फुटबलमा खासै परिचित नाम हैन । गत माघमा उनै मिलन राता रात चर्चामा आए । मुख्यमन्त्री कपको दौरान खेलाडीको व्यवस्थापन नगरेको भन्दै दिपक मनाङ्गे उर्फ गण्डकी प्रदेश सांसद दिपक गुरुङले मिलानमाथि झापड हानेका थिए । सोही झापड घरेलु फुटबलमा मिलनलाई परिचित गराउन पर्याप्त बन्यो ।

मिलन कास्की जिल्ला फुटबल संघका अध्यक्ष हुन् । मनाङ जिल्लाबाट प्रतियोगिता खेल्न आएका खेलाडीको व्यवस्थापनमा लापरबाही गरेको भन्दै दिपकले मिलनमाथि झापड हानेका थिए ।

पोखराका ‘छोटा मोटा’ डनको परिचय बनाएका मिलनले पनि दिपकबिरुद्ध प्रहरीमा उजुरी थिए । प्रहरीले उजुरीका आधारमा दिपकलाई पक्राउ त गर्यो । तर विस्तारै एन्फा कास्कीको अध्यक्षका हैसियतमा मिलनले पोखरामा मच्चाएको लुटको श्रृङ्खला सुरु भए ।

लगत्तै मिलन आफै बैंकिक कसुर सहित तीन वटा ठगी मुद्धामा पक्राउ परे । फुटबल प्रतियोगिता आयोजना गर्ने, तिर्नुपर्ने रकम नर्तिने र काम गरेको पैसा माग्दा गुण्डागर्दीको शैलीमा कुटपिटमा उत्रने मिलनको पोल खुल्न पुग्यो ।

एन्फा कास्कीले आयोजना गर्ने मनकामना पोखरा कप फुटबल प्रतियोगिताका केही संस्करणका तिर्नुपर्ने रकम भुक्तानी नगरेको मुद्धा उनीमाथि यथावत छ । मिलनमाथी पोखराका एक पसल संचालक (क्रिएटिभ हाउस)लाई कुटेकोदेखि आर्थिक हिसाबकिताब नबुझाएको सम्मको आरोप छ ।

मिलनले बक्यौता रकम मागेको भन्दै पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई हातपात नै गरेका थिए । पसल बाहिर निस्किएपछि ढुङ्गा समेत प्रहार गर्न खोजेका थिए । पौडेलले आफुले पाउनुपर्ने रकम माग्दा हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरीनै दिएका थिए । कास्की अध्यक्ष मिलनमाथि उच्च अदालतमा बैंकिङ कसुर अन्तर्गत मुद्दा चलिरहेको छ ।

मिलन थुनामा रहदाँ एन्फा कास्कीले उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवाहक अध्यक्ष चयन ग¥यो । फुटबल संघलाई घटनाका बारे पत्र पठाएपनि समस्या आफै समाधान गर्न केन्द्रले आग्रह गरेको एन्फा कास्कीका उपाध्यक्ष थापा बताउँछन् । कार्यवाहक अध्यक्ष बनाउन एन्फा कास्कीले गरेको अनुमोदनको निर्णयलाई एन्फाले कुनै प्रतिक्रिया दिएन ।

‘मलाई कार्यवाहक बस्न कुनै पत्र पनि आएन । माथिबाट समस्या आफै हल गर्ने सुझाव आएको थियो ।’ उपाध्यक्ष थापाले भने ।

एन्फा कास्कीले आर्थिक गतिविधि छानबिन गर्न केन्द्रिय स्तरको छानबिन समिती बनाउन समेत आग्रह गरेको थियो । एन्फाले केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिती समेत गठन गर्यो । तर समिति गठनको ५ महिनापछि संयोजक श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन् । लामो समय बितिसक्दा समेत एन्फा कास्कीको बिषयमा प्रतिबेदन तयार हुन नसकेको कास्की सचिव रमेश कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको थुनामा रहेका मिलन धरौटीमा बाहिर निस्किए । अहिले उनी अध्यक्षकै रुपमा एन्फा कास्कीको दुई वटा भेलाको अध्यक्षता गरिसकेका छन् । मिलन अझै पनि मनकामना गोल्डकपसँगै एन्फा कास्कीले आयोजना गरेका प्रतियोगिताका आय–व्यय विवरण बुझाउन सकेका छैनन् ।

एन्फा कास्कीका उपाध्यक्ष थापाले हिसाब–किताबको विवरण १५ दिनमै बैठकमा बुझाएको तर अध्यक्षले प्रतिवेदन बुझाउन ढिलासुस्ती गरेको बताउँछन् ।

‘मैले आफ्नो हिसाबकिताब १५ दिनमै दिएको हु । अध्यक्षले आफ्नो हिसाबकिताब दिन सकेनन् । त्यसले ढिलासुस्ती देखिएको छ ।’ उनले भने ।

एन्फा केन्द्रिय कार्यसमितिका पछिल्ला बैठकले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापमाथि अनुशासनको कारबाही गरेको छ । यस्तै, विधान विपरित क्रियाकलाप गरेको भन्दै भक्तपुर जिल्ला फुटबल संघलाई भंग गरेको छ ।

तर संस्थागत रुपमा बैंकिक कसुरदेखि आर्थिक हिनामिनामा मुछिएर विवादमा आएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई एन्फाले आवश्यक कारबाही गर्दै छानबिन प्रक्रिया अघि बढाउन सकेको छैन । एन्फा कास्कीका एक पदाधिकारी केन्द्रले सदस्य जिल्लाको हकमा दोहोरो खेल खेलेको बताउँछन् ।

‘यो गलत हो । ललितपुरका अध्यक्षलाई निलम्बन गरिसकेको एन्फा कास्कीको घटनामा मौन बस्नुले शंका बढाउछ ।’ ती पदाधिकारीले भने ।

फेरी चेक बाउन्स

पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई एन्फा कास्कीले उधारो रकम भुक्तानी गर्न भन्दै बाँकी रकम मध्य ७ लाखको चेक दिएको थियो । पौडेलले आफूलाई पैसा आवश्यक रहेको बताएपछि एन्फा कास्कीले पौडेललाई ७ लाखको चेक दिन पुग्यो ।

तीन महिनाको समय राखी वैशाख २५ गते साट्न मिल्ने गरि पौडेलले माघमा चेक पाएका थिए । ‘एन्फा कास्कीमा विरोध बढ्दै गएपछि वैशाख २५ को मिति राखेर कोषाध्यक्षले हस्ताक्षर गरेको चेक दिईएको थियो । पाउनुपर्ने १० लाख मध्य ७ लाख बराबरको चेक पाएको थिए ।’ पौडेलले भने ।

उनी वैशाख २५ गते चेक साट्न गए । तर खातामा पर्याप्त रकम नभएको भन्दै बैङ्कले उनलाई फर्कायो । एन्फा कास्कीको नियत नै ठिक नलागेको पौडेल गुनासो गर्छन् ।

‘तीन महिनाको समय राखेको चेक पनि बाउन्स भयो । मलाई नियतमै शंका छ । तीन महिनाको समय राखेर पनि पैसा नदिनु शंकास्पद छ ।’ पौडेलले सुनाए ।

‘ब्यापार गर्ने संस्था भएको भए लकडाउनले गर्दा पैसा आएन र दिन सकेन भन्ने सोच्न हुन्थ्यो । तर लकडाउनले प्रभावित हुनका लागि ब्यापार गर्ने संस्था रहेको बुझ्न प¥यो ।’ उनले भने ।

यस्तै, बैंकले समेत पौडेलले पाएको चेकमा पर्याप्त रकम नरहेको भन्दै एक पटक रिपोर्ट पठाएको छ । उनले आफैं लकडाउनले समस्या भएको हुन सक्ने भन्दै १ महिनाको समय राखिदिएका थिए । तर दोस्रो पटक समेत खातामा पैसा राखिएको छैन ।

उनले एन्फा कास्कीलाई पत्र लेख्दै रकम दिन आग्रह गरिसकेका छन् । बैङ्कले दोस्रो रिपोर्ट बुझाएसंगै उनले एन्फाको केन्द्रिय कार्यालयलाई पत्र पठाउने तयारी गरेका छन् । उनले बैंकको रिपोर्टसंगै अब कानुनी बाटो रोज्ने बताउँछन् ।

एन्फा कास्कीले पत्र पाए लगत्तै पौडेललाई एक अनौपचारिक प्रस्ताव गरेको थियो । उनलाई तत्काल ५० हजार रुपैयाँ बुझ्न र कुरा नलम्ब्याउन प्रस्ताव पठाएको थियो । तर पौडेले सो प्रस्ताव मानेनन् ।

एन्फा कास्कीका उपाध्यक्ष जगत थापा भने पौडेललाई दिएको कुरामै अनविज्ञता देखाउँछन् । ‘चेक बाउन्स भएको कुरा मलाई कुनै जानकारी नै छैन ।’ उनी थप्छन, ‘चेक कसले दिएको हो, त्यो समेत मलाई थाहा भएन ।’

एन्फा कास्कीका सचिव रमेश कार्की भने ‘केस माथी केस’ थपिने भन्दै चेक हतारमा दिइएको बताउँछन् ।

यसबारे एन्फा कास्कीकी कोषाध्यक्ष विजया गुरुङलाई सम्पर्क गर्दा पारिवारिक समस्याले गर्दा तत्काल आफुले केही बोल्न नसक्ने प्रतिक्रिया दिईन् । उनलाई पुन: सम्पर्क गर्दा आफ्नो हस्ताक्षर किर्ते गरिएको आरोप लगाएकी छिन् ।

केन्द्रीय विवादमा मलाई तानियो – अध्यक्ष मिलन गुरुङ

एन्फा कास्की अध्यक्ष मिलन गुरुङले आफुलाई एन्फा कास्कीको विवादमा तानिनु खेदपुर्ण रहेको बताउँछन् । आफुलाई जोडेर एन्फाको विवादमा निश्चित व्यक्तिले हो–हल्ला गरेको उनको गुनासो छ । ‘कर्मा र पंकजको विवादमा मलाई तानियो, यसमा मेरो केही छैन । अहिले मलाई कारबाही गर्नुपर्ने आवाज उठाइएको छ । मलाई किन कारबाही गर्ने ? मेरो दोष के हो ?’ उनी प्रश्न गर्छन् ।

उनले पौडेलको समस्या आफुको बुझेको भन्दै एन्फा कास्कीको खातामा केन्द्रले पैसा उपलब्ध नगराउँदा थप समस्या निम्तिएको बताए ।

‘माथीबाट पैसा आएको छैन । उसको समस्या म बुझ्छु ।’ उनी भन्छन्, ‘अहिले लकडाउनले गर्दा पैसा भुक्तानी गर्न समस्या भएको हो ।’

‘एन्फाले कार्यालय सञ्चालन गर्नका लागि दिने वार्षिक ५० हजार रुपैयाँ समेत पाएका छैनौं । अरु गोल्डकप संचालन गर्न पैसा दिने एन्फाले हामीलाई एक पटक नि हेरेन । खासमा एन्फा कास्कीलाई पाखा लगाईएको छ ।’ उनी भन्छन् ।

गुरुङले १३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा खल्तीको पैसा हालेर प्रतियोगिता सञ्चालन गरेको बताउँछन् ।

‘महिला फुटबल पोखरामा हुने–नहुने दुविधा भएको बेला पनि आफ्नो खल्तीको पैसा अपुग ठाउँमा हालेर खर्च गरेको छु । तर अहिलेसम्म फिर्ता पाएको छैन ।’ उनले भने, ‘सरकारले दिएको पैसाले पानी पनि अपर्याप्त थियो । आफै प्रायोजक खोजेर खुवाउने काम गरे । यसको पनि हिसाब किताब पाएको छैन ।’

उनले मनकामना गोल्डकपको आय–व्यय तयार रहेको र लकडाउन खुलेको भोलिपल्टै सार्वजनिक गर्ने दाबी गरे ।

केन्द्रको मौनता

एन्फा कास्कीको बिषयमा छानबिन गर्न केन्द्रले रत्नकुमार श्रेष्ठको नेतृत्वको समिति गठननै गर्यो । तर लामो समय समितिमा बसेर समेत श्रेष्ठले छानबिनलाई पुर्णता दिन सकेनन् । उनले अन्तिम समयमा आएर स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिए ।

श्रेष्ठले पदबाट राजीनामा दिए लगत्तै एन्फाको पछिल्लो कार्यसमिति बैठकले बीरबहादुर खड्कालाई छानबिन समितिको संयोजक बनाएको छ । केन्द्रले बिषयलाई गम्भिर रुपमा नलिदाँ एन्फा कास्की निरन्तर विवादमा तानिनुका साथै बदनामी कमाएको छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP