शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा विवाद चर्किएसंगै प्रदेश बैठक आह्वान

आइतबार, ०७ असार २०७७हिम बिक्रम केसी
एन्फा विवाद चर्किएसंगै प्रदेश बैठक आह्वान
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)काे नेतृत्व तहमा आन्तरिक विवाद चर्किएसंगै प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक बोलाएको छ ।

नेतृत्व तहमा विवाद चर्किएर वारपारकै अवस्था सिर्जना भएपछि प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक भोलि (सोमबार)का लागि बोलाएको छ ।

बैठक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गबीच देखिएको आन्तरिक द्धन्दकै एजेण्डामा केन्द्रित रहनेछ । नेम्बाङ्ग प्रदेश १ बाटै फुटबलको केन्द्रिय राजनीतिमा प्रतिनिधित्व गर्छन् । पछिल्लो समय नेतृत्वसंग उनको असन्तुष्टि मात्र चुलिएको छैन, दुवै बीच वारपारको लडाँई सुरु भएको छ ।

एन्फाको हरेक निर्णयमा नेम्बाङ्गले नेतृत्वबिरुद्ध फरक मत राख्दै आएका छन् । नेतृत्व आन्तरिक संकटमा परेको समय उनले फुटबलको सर्वोच्च निकाय फिफा, एएफसीमा उजुरी हाल्नेदेखि राजीनामानै मागेका थिए ।

वरिष्ठ उपाध्यक्षनै आफुबिरुद्ध निरन्तर आक्रमणमा उत्रिएपछि एन्फा अध्यक्ष शेर्पा नेम्बाङ्गलाई ‘माईनस’ गर्ने अवस्थामा पुगेका छन् । नेम्बाङ्गलाई वरिष्ठ उपाध्यक्ष बनाएर गल्ती गरेको बताउने गरेका शेर्पाले दिएको जिम्मेवारी समेत खोस्न सुरु गरेका छन् ।

गत बुधबार मात्र अध्यक्ष शेर्पाले नेम्बाङ्गले सम्हाल्दै आएको पदपूर्ती समिति र सदस्य समन्व्य समितिका संयोजकको जिम्मवारी खोस्दै क्रमश उपाध्यक्षद्धय शिक्षित पराजुली र वीरबहादुर खड्कालाई दिएका थिए ।

अध्यक्षसंग वरिष्ठ उपाध्यक्षको सम्बन्धमा दरार उत्पन्न भएपछि प्रदेश १ ले आन्तरिक बैठक बोलाएको हो । बैठकमा एन्फाभित्र देखिएको आन्तरिक विवाद, उपाध्यक्षले राख्दै आएका फरक मत सहित प्रदेश कमिटिको विधान, कार्यक्रम लगायतका एजेण्डा तय गरिएको छ ।

एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेका प्रदेश कमिटिका अध्यक्ष किशोर राईले एन्फाभित्र देखिएको विवादका बिषयमा छलफल गर्ने एजेण्डा सहित प्रादेशिक कमिटिको बैठक आह्वान गरिएको खेलपाटीलाई बताए ।

‘जति बेला फुटबलमा समस्यामा पर्छ, त्यो बेला प्रदेश एकले भुमिका खेल्ने गरेको ईतिहास छ । सोही अनुसार फुटबलमा देखिएको विवाद समाधानमा पहल गर्न बैठक बोलाईएको हो ।’ राईले भने ।

नेतृत्वबिरुद्ध असन्तुष्टि जनाउँदै आएका नेम्बाङ्ग फुटबलको केन्द्रिय राजनीतिमा समस्या पर्न थालेका छन् । एन्फा अध्यक्ष शेर्पाबिरुद्ध फिफामा उजुरी गर्ने र राजीनामा माग्ने वरिष्ठ उपाध्यक्षको कार्यशैलीको विरोध गर्दै यसअघि गण्डकी प्रदेशका ८ जिल्लाले बिज्ञप्ती निकालेर विरोध गरेका थिए । एन्फाको केन्द्रिय कार्यसमितिमा समेत एक्लो जस्तै देखिएका नेम्बाङ्ग आन्तरिक प्रतिस्पर्धामै समेत पछाडी पर्न थालेका छन् ।

एन्फा राजनीतिमा शेर्पापछिको उत्तराधिकारीको रुपमा हेरिएका नेम्बाङ्गको नेतृत्वसंगको विवादले प्राप्त जिम्मेवारी खोसिएको मात्र छैन, उनका प्रतिस्पर्धी उपाध्यक्ष वीरबहादुर खड्काले थप जिम्मेवारी प्राप्त गरेका छन् ।

एन्फाभित्र कुनै समय नेम्बाङ्ग र खड्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी थिए । खड्कालाई पछि राख्दै एन्फा अध्यक्ष शेर्पाले नेम्बाङ्गलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेका थिए । नेम्बाङ्ग वरिष्ठ उपाध्यक्षमा चयन भएसंगै खड्काले नेतृत्वसंग गम्भिर असन्तुष्टि जनाएका थिए ।

पछिल्लो समय नेतृत्वसंगको विवादले नेम्बाङ्ग रक्षात्मक अवस्थामा पुगेका छन् । गत बुधबार कार्यसमितिको आपतकालिन बैठकमा नेतृत्वबिरुद्ध मोर्चाबन्दी गरेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङ्गलाई स्पष्टिकरण सोध्नुपर्ने माग उठेको थियो ।

उपाध्यक्ष खड्का सहितका कार्यसमितिका सदस्यले नेतृत्वबिरुद्ध फिफा, एएफसीमा उजुरी हालेको आरोपमा वरिष्ठ उपाध्यक्षलाई स्पष्टिकरण सोध्नुपर्ने माग गरेका थिए । कार्यसमिति बैठकमै वरिष्ठ उपाध्यक्षबिरुद्ध स्पष्टिकरणको माग उठेपछि नेम्बाङ्गलाई समर्थन गर्ने प्रदेश तथा जिल्ला आन्तरिक छलफलमा जुटेका छन् ।

प्रदेश नम्बर १ ले औपचारिक बैठकबाटै निर्णय गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको सम्बन्ध सुधारको पहल गर्ने रणनीति तय गरेको छ । शेर्पासंग वरिष्ठ उपाध्यक्षको सम्बन्ध सुधार गर्दै फुटबल राजनीतिलाई पुरानै कोर्स अनुसार अघि बढाउने प्रदेश कमिटिको योजना छ ।

शेर्पा र नेम्बाङ्गकै नेतृत्वमा फुटबलमा शुद्धिकरण अभियान सुरु भएको थियो । तत्कालिन अध्यक्ष गणेश थापाको कार्यशैली र निर्णय प्रक्रियामा विमती राख्दै शेर्पा र नेम्बाङ्ग सहितको समुहले फुटबल बचाउ आन्दोलननै सुरु गरेको थियो ।

एन्फा परिवर्तनको नारालाई फुटबल राजनीतिमा स्थापित गर्न दुवै जना सफल भएपनि संस्थालाई अघि बढाउने बिषयमा फरmक ध्रुवमा बाँडिएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार