• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा विवाद चर्किएसंगै प्रदेश बैठक आह्वान
हिम बिक्रम केसी
आइतबार, असार ७, २०७७ हिम बिक्रम केसी
एन्फा विवाद चर्किएसंगै प्रदेश बैठक आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)काे नेतृत्व तहमा आन्तरिक विवाद चर्किएसंगै प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक बोलाएको छ ।

नेतृत्व तहमा विवाद चर्किएर वारपारकै अवस्था सिर्जना भएपछि प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक भोलि (सोमबार)का लागि बोलाएको छ ।

बैठक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गबीच देखिएको आन्तरिक द्धन्दकै एजेण्डामा केन्द्रित रहनेछ । नेम्बाङ्ग प्रदेश १ बाटै फुटबलको केन्द्रिय राजनीतिमा प्रतिनिधित्व गर्छन् । पछिल्लो समय नेतृत्वसंग उनको असन्तुष्टि मात्र चुलिएको छैन, दुवै बीच वारपारको लडाँई सुरु भएको छ ।

एन्फाको हरेक निर्णयमा नेम्बाङ्गले नेतृत्वबिरुद्ध फरक मत राख्दै आएका छन् । नेतृत्व आन्तरिक संकटमा परेको समय उनले फुटबलको सर्वोच्च निकाय फिफा, एएफसीमा उजुरी हाल्नेदेखि राजीनामानै मागेका थिए ।

वरिष्ठ उपाध्यक्षनै आफुबिरुद्ध निरन्तर आक्रमणमा उत्रिएपछि एन्फा अध्यक्ष शेर्पा नेम्बाङ्गलाई ‘माईनस’ गर्ने अवस्थामा पुगेका छन् । नेम्बाङ्गलाई वरिष्ठ उपाध्यक्ष बनाएर गल्ती गरेको बताउने गरेका शेर्पाले दिएको जिम्मेवारी समेत खोस्न सुरु गरेका छन् ।

गत बुधबार मात्र अध्यक्ष शेर्पाले नेम्बाङ्गले सम्हाल्दै आएको पदपूर्ती समिति र सदस्य समन्व्य समितिका संयोजकको जिम्मवारी खोस्दै क्रमश उपाध्यक्षद्धय शिक्षित पराजुली र वीरबहादुर खड्कालाई दिएका थिए ।

अध्यक्षसंग वरिष्ठ उपाध्यक्षको सम्बन्धमा दरार उत्पन्न भएपछि प्रदेश १ ले आन्तरिक बैठक बोलाएको हो । बैठकमा एन्फाभित्र देखिएको आन्तरिक विवाद, उपाध्यक्षले राख्दै आएका फरक मत सहित प्रदेश कमिटिको विधान, कार्यक्रम लगायतका एजेण्डा तय गरिएको छ ।

एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेका प्रदेश कमिटिका अध्यक्ष किशोर राईले एन्फाभित्र देखिएको विवादका बिषयमा छलफल गर्ने एजेण्डा सहित प्रादेशिक कमिटिको बैठक आह्वान गरिएको खेलपाटीलाई बताए ।

‘जति बेला फुटबलमा समस्यामा पर्छ, त्यो बेला प्रदेश एकले भुमिका खेल्ने गरेको ईतिहास छ । सोही अनुसार फुटबलमा देखिएको विवाद समाधानमा पहल गर्न बैठक बोलाईएको हो ।’ राईले भने ।

नेतृत्वबिरुद्ध असन्तुष्टि जनाउँदै आएका नेम्बाङ्ग फुटबलको केन्द्रिय राजनीतिमा समस्या पर्न थालेका छन् । एन्फा अध्यक्ष शेर्पाबिरुद्ध फिफामा उजुरी गर्ने र राजीनामा माग्ने वरिष्ठ उपाध्यक्षको कार्यशैलीको विरोध गर्दै यसअघि गण्डकी प्रदेशका ८ जिल्लाले बिज्ञप्ती निकालेर विरोध गरेका थिए । एन्फाको केन्द्रिय कार्यसमितिमा समेत एक्लो जस्तै देखिएका नेम्बाङ्ग आन्तरिक प्रतिस्पर्धामै समेत पछाडी पर्न थालेका छन् ।

एन्फा राजनीतिमा शेर्पापछिको उत्तराधिकारीको रुपमा हेरिएका नेम्बाङ्गको नेतृत्वसंगको विवादले प्राप्त जिम्मेवारी खोसिएको मात्र छैन, उनका प्रतिस्पर्धी उपाध्यक्ष वीरबहादुर खड्काले थप जिम्मेवारी प्राप्त गरेका छन् ।

एन्फाभित्र कुनै समय नेम्बाङ्ग र खड्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी थिए । खड्कालाई पछि राख्दै एन्फा अध्यक्ष शेर्पाले नेम्बाङ्गलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेका थिए । नेम्बाङ्ग वरिष्ठ उपाध्यक्षमा चयन भएसंगै खड्काले नेतृत्वसंग गम्भिर असन्तुष्टि जनाएका थिए ।

पछिल्लो समय नेतृत्वसंगको विवादले नेम्बाङ्ग रक्षात्मक अवस्थामा पुगेका छन् । गत बुधबार कार्यसमितिको आपतकालिन बैठकमा नेतृत्वबिरुद्ध मोर्चाबन्दी गरेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङ्गलाई स्पष्टिकरण सोध्नुपर्ने माग उठेको थियो ।

उपाध्यक्ष खड्का सहितका कार्यसमितिका सदस्यले नेतृत्वबिरुद्ध फिफा, एएफसीमा उजुरी हालेको आरोपमा वरिष्ठ उपाध्यक्षलाई स्पष्टिकरण सोध्नुपर्ने माग गरेका थिए । कार्यसमिति बैठकमै वरिष्ठ उपाध्यक्षबिरुद्ध स्पष्टिकरणको माग उठेपछि नेम्बाङ्गलाई समर्थन गर्ने प्रदेश तथा जिल्ला आन्तरिक छलफलमा जुटेका छन् ।

प्रदेश नम्बर १ ले औपचारिक बैठकबाटै निर्णय गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको सम्बन्ध सुधारको पहल गर्ने रणनीति तय गरेको छ । शेर्पासंग वरिष्ठ उपाध्यक्षको सम्बन्ध सुधार गर्दै फुटबल राजनीतिलाई पुरानै कोर्स अनुसार अघि बढाउने प्रदेश कमिटिको योजना छ ।

शेर्पा र नेम्बाङ्गकै नेतृत्वमा फुटबलमा शुद्धिकरण अभियान सुरु भएको थियो । तत्कालिन अध्यक्ष गणेश थापाको कार्यशैली र निर्णय प्रक्रियामा विमती राख्दै शेर्पा र नेम्बाङ्ग सहितको समुहले फुटबल बचाउ आन्दोलननै सुरु गरेको थियो ।

एन्फा परिवर्तनको नारालाई फुटबल राजनीतिमा स्थापित गर्न दुवै जना सफल भएपनि संस्थालाई अघि बढाउने बिषयमा फरmक ध्रुवमा बाँडिएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP