एलएकी श्रेया खनाल अन्तिम चारमा
काठमाडौं । आयोजक एलए स्कुलकी श्रेया खनालले ११ औं एलए जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएकी छिन् ।
गल्र्स यु–१० तर्फ शुक्रबार जित निकाल्दै श्रेयाले अन्तिम चारमा स्थान बनाउन सफल भएकी हुन् । श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई ५–७, ६–१, ११–९ले पराजित गरिन् ।
यु–१० तर्फ नै बृहस्पतिकी जेनी खड्का, टिबिएसकी शाभी ढकाल र सेन्ट जेभियरकी अद्या पौडेलले अन्तिम चारको यात्रा तय गरिन् । जेनीले प्रिमियरकी शान्भि सिंघियालाई ६–०, ६–०ले, शाभीले आफ्नै स्कुलकी प्रतिष्ठा लामालाई ६–२, ६–४ले र अद्याले आयोजककी ऐशानी बाटाजुलाई ६–०, ६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे ।
ब्वाईज यु–१० मा आयोजक एलएका सक्षम बिक्रम शाहले युनाईटेडका देवांशिस रेउल्कलाई २–० ले, न्यू होराईजनका बिकाश पाण्डे र रितेश ज्ञवालीले शिसुनिकेतनका श्रीजन भट्टराई र न्यू होराईजनकै रोहित रानाभाटलाई क्रमशः २–० र २–१ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।
यस्तै कस्मिक स्कुलका हर्षित पन्तले काष्टमण्डपका शिद्धान्त स्थापित लाई २–०, सेन्ट जेभियरका निशाद जोशीले गण्डकी बोर्डिङ्गका दर्शिल श्रेष्ठलाई २–०, नेपाल पुलिसका मन्थम जोशी र श्लोक खड्काले कालिकाका दिपेश ज्ञवाली र नेपाल पुलिसकै श्रीजन महर्जनललाई २–०, २–० ले तथा केन्द्रिय बिद्यालयका राजविर प्रधानले डिएभीका अविर श्रीवास्तवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे ।
हात्तिबनस्थित एलए स्कुलको आयोजनमा भएको प्रतियोगिताको ब्वाईज यु –१२ को प्रतियोगितामा नेपाल पुलिसका प्रशिद्ध बस्नेतले पुलिसकै शिभेन महर्जनमाथी २–० को जित निकाले । यस्तै काष्टमण्डपका प्रणभ मानन्धरले नेपाल पुलिसका मन्थम जोशीलाई २–०, नेपाल पुलिसका सरोज तामाङ्गले गण्डकी बोर्डिङ्गका निहाल जंग थापालाई २–० ले पछाडी पार्दै अन्तिम आठमा प्रवेश गरे ।
पुलिसकै सफल श्रेष्ठले आफ्नै स्कुलका शिलोक खड्का माथि २–० को जित निकाले । न्यू होराईजनका रिनेश ज्ञवालीले होराईजनकी युनाईटेड स्कुलका श्रीयोग अधिकारीलाई २–०, केन्द्रिय बिद्यालयका राजविर प्रधानले न्यू होराईजनका रितिक मल्ललाई २–० तथा सेन्ट जेभियरका अरभ एस हाडाले आयोजकका राजीव के. शाहलाई २–० ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान सुरक्षित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762660030983.webp&w=3840&q=75)

