बोस्टन म्याराथन रद्द
शुक्रबार, जेठ १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकामा आयोजना हुने बोस्टन म्याराथन यस वर्ष नहुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण बोस्टन म्याराथन रद्द गरिएको हो ।
गत अप्रिल २० मा तय भएको म्याराथन कोरोनाको कारण १४ सेप्टेम्बरसम्मका लागि स्थगित गरिएको थियो ।
तर, बोस्टनका मेयर मार्टि वाल्शले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै प्रतियोगिता नहुने बताएका छन् ।
बोस्टन म्याराथनको १ सय २४ वर्षे इतिहासमा पहिलोपटक प्रतियोगिता रद्द भएको हो ।
प्रतियोगिता सन् १८९७ बाट हरेक वर्ष आयोजना हुँदै आएको थियो ।
गत वर्ष पुरुषतर्फ केन्याका लवरेन्स चेरोनो र महिलामा इथोपियाकि वर्कनेस डेगेफाले उपाधि जितेका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


