एजेन्सी । इंग्लिस क्लब बर्नेमाउथका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बर्नेमाउथले आइतबार आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
तर, क्लबले कोरोना संक्रमण देखिने खेलाडीको भने नाम सार्वजनिक गरेको छैन ।
'कोरोना देखिने खेलाडीमध्ये एक क्लबको भएको बर्नेमाउथ पुस्टि गर्दछ,' क्लबले निकालेको विज्ञप्तिमा भनिएको छ ।
प्रिमियर लिगका खेलाडीको दोस्रो चरणको परिक्षण दौरान दुई खेलाडीमा कोरोना देखिएको थियो । जसमा बर्नेमाउथका एक खेलाडी परेका हुन् ।
यस अघि पहिलो चरणको परिक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको प्रिमियर लिगले जनाएको थियो ।