एजेन्सी । बोरुसिया डर्टमण्डका अट्याकिङ मिडफिल्डर मारियो गोट्जेले क्लब छाड्ने भएका छन् ।
गोट्जेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् । उनको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
डर्टमण्डका स्पोर्टिङ डिरेक्टर माईकल जोर्चले स्काई स्पोर्ट्ससँग कुरा गर्दै गोट्जेले क्लब छाड्ने पुष्टि गरेका छन् ।
'हामी यो समरबाट मारियो गोट्जेसँग टाढा रहने छौँ,' माईकलले भने, 'मारियो एक महान व्यक्ति हुन् । यो हाम्रो सम्मानजनक र समझदारीको निर्णय हो ।'
२७ वर्षे जर्मनीका गोट्जे सन् २०१६ मा वायर्न म्युनिखबाट डर्टमण्ड आएका थिए । यस सिजन २० खेलमा गोट्जेले ३ गोल गरिसकेका छन् ।
गोट्जेले पनि सिजनको अन्त्यसँगै क्लब छाड्ने बताउँदै आएका थिए ।
जर्मनीका विश्वकप विजेता गोट्जे इन्ग्लिश क्लब जाने बताईएको छ ।
जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा गोट्जे टिमका मुख्य खेलाडी थिए । फाइनलमा उनले निर्णायक गोल समेत गरेका थिए ।
क्लब फुटबलको सुरुवात भने उनले डर्टमण्डबाट नै गरेका थिए । उनी सन् २०१३ मा वायर्न आएका थिए ।