एजेन्सी । स्पेनिस ला लिगा फुटबल आगामी जुन महिनाको दोस्रो साताबाट सुचारु हुने भएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा जुन ८ बाट सुचारु हुने बताएका छन् ।
'सबैका लागि नयाँ क्षितिज खुलिरहेको छ । धेरै दिनका गतिविधिहरू फिर्ता ल्याउने समय आएको छ,' सान्चेजले भने, 'जुन ८ बाट ला लिगा सुचारु हुन्छ ।'
कोरोना भाईरसको महामारीको कारण ला लिगा गत मार्च २३ बाट स्थगित गरिएको छ ।
तर, ला लिगाले औपचारिक रुपमा मिति भने घोषणा गरेको छैन ।
यस सिजन ला लिगामा बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
लिगमा ११ खेल बाँकी रहदा बार्सिलोना रियल मड्रिड भन्दा २ अंकले अघि रहेको छ ।