एजेन्सी । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो अनुबन्धका लागि प्रिमियर लिगका तीन क्लबले चाँसो देखाएको छ ।
बार्सिलोनाका मिडफिल्डर कौटिन्हो अनुबन्धका लागि चेल्सी, म्यानचेस्टर युनाइटेड र लेष्टर सिटीले चाँसो देखाएको इंग्लिस अनलाईन द सनले जनाएको छ ।
तीनै क्लबले अनुबन्धका लागि कौटिन्होको एजेन्टसँग भेट गरेको बताईएको छ ।
यस अघि कौटिन्हो अनुबन्धका लागि न्युकासलले समेत चाँसो देखाएको छ ।
बार्सिलोनाले कौटिन्हो अनुबन्धका लागि ७१ मिलियन पाउण्ड बढीको बोलि लगाउने आशा समेत राखेको सनले जनाएको छ ।
बार्सिलोनाले जुन ३० भित्र कौटिन्हो बेच्न योजना बनाएको समेत बताईएको छ ।
कौटिन्हो पछिल्लो समय जर्मन क्लब वायर्न म्युनिखबाट लोनमा खेलिरहेका छन् । बार्सिलोनाले वायर्नलाई कौटिन्होलाई स्थायी रुपमा अनुबन्धको लागि समेत अवसर दिएको छ ।
खुट्टाको चोटको शल्यक्रियापछि भने कौटिन्हो मैदान उत्रिएका छैनन् । कोरोनाको महामारीले लिग स्थगित भएपछि कौटिन्होले शल्यक्रिया गरेका थिए ।
कोरोनाको महामारी कायम रहेपनि गत साताबाट जर्मन बुन्डेस लिगा फुटबल सुचारु भएको छ ।