• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गण्डकी प्रदेश सरकारसँग ‘बेखुस’ खेलाडी
बिक्रम बुढा क्षेत्री
बुधबार, वैशाख १७, २०७७ बिक्रम बुढा क्षेत्री
गण्डकी प्रदेश सरकारसँग ‘बेखुस’ खेलाडी

पोखरा । खेलाडीहरु कहिल्यै सम्मानका लागि खेल्दैनन् । तर पुरस्कार र सम्मानले खेलाडीलाई अघि बढ्न प्रोत्साहीत गर्छ, हौसला दिन्छ ।

गत मंसिरमा घरेलु भूमीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक प्रर्दशन र नतिजा आत्मसाथ गर्यो । पदक विजेता खेलाडीलाई संघीय सरकारले ढिलै भएपनि नगद सहित पुरस्कृत गर्यो ।

अझ विभिन्न प्रदेश सरकारले आफ्नो प्रदेशबाट देशको प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडीलाई उत्तिकै चासो दिएर सम्मान गरे, मनोबल उच्च बनाउने काम गरे ।

तर, आफुलाई पर्यटन र खेलकुद ‘हब’को रुपमा बिकास गर्ने लक्ष्य राखेको गण्डकी प्रदेश सरकारले सागका पदकधारी खेलाडीलाई बेवास्ता गरेको आरोप खेलाडीले लगाएका छन् ।

अन्य प्रदेश सरकारले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेपनि गण्डकी प्रदेशले बेवास्ता गरेको उनीहरुको आरोप छ ।

तेक्वान्दोकी प्रशंसा क्षेत्री सागमा उच्च प्रर्दशन गर्दै स्वर्ण पदक जितेपनि प्रदेश सरकारले वास्ता नगरेको गुनासो गर्छिन् ।

‘अरु प्रदेशका खेलाडी साथी सम्मानित भएका छन् ।’ स्याङ्जा घर भएकी प्रशंसा भन्छिन्, ‘गण्डकी प्रदेश सरकारले पनि गर्छ भन्ने आश थियो । अब त आश पनि मरिसक्यो । एक गुच्छा फूल दिएपनि हौसला त मिल्थ्यो ।’

प्रशंसाको खेल जीवन गण्डकी प्रदेशबाटै सुरु भएको हो । प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै उनी विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग जोडिएकी छिन् ।

राम्रो नतिजा आउँदा सम्बन्धित निकायले चासो नदिदाँ खेलाडीको मनोबल गिर्ने उनको टिप्पणी छ ।

‘अरु प्रदेशले औपचारिक कार्यक्रम गरेर आफ्नो खेलाडीलाई हौसला दिएका छन् । तर हाम्रो प्रदेश सरकारले एक वचनसम्म बोलेन, सोधेन ।’ उनले भनिन्, ‘चिन्ता नगरी खेल्यौ । राम्रै नतिजा पनि ल्यायौं । तर अहिले अभिभावकबाटै चासो नपाएको महशुश गरेका छौ ।’

प्रशंशा भन्छिन्, ‘अरु प्रदेशले खेलाडीलाई सम्मान गर्दै हौसला दिएका छन् । तर आफ्नो प्रदेशबाट एक बचन बोलीसम्म पाएनौं ।’

उनले आफुले खेल जीवन सूरु गरेको स्थानीय क्षेत्रले वास्ता नगर्दा दुख लाग्ने गरेको सुनाइन् । ‘आफुले जहाँबाट सुरु गर्यो । सफलता प्राप्त गर्दा समेत त्यही क्षेत्रबाट वास्ता नहुदाँ दुख लाग्ने रहेछ ।’ उनले भनिन् ।

सागमा गण्डकी प्रदेशका खेलाडीले २ स्वर्ण, १५ रजत र १६ कास्य हात पारेका थिए ।

सागमा कराँतेतर्फ स्वर्ण पदक जितेका नवीन रसाइली पनि प्रदेश सरकारले आफ्ना खेलाडी चिन्न नसकेको बताउँछन् ।

‘स्थानीय सरकारले गर्ने व्यवहारले खेलकुदमा आउने नयाँ पुस्तालाई समेत धेरै प्रभाव पार्छ ।’ विभागीय टिममा आबद्ध उनले भने ।

‘विभागमा खेल र पारिश्रमिक दूवै राम्रो हुन्छ । प्रदेशकै लागि मात्र खेल्दा जीवन धान्न गाह्रो पर्छ । त्यसैले अहिले अस्थायी रुपमा पूलिससँग जोडिएको छु ।’ उनले भने ।

यस्तै, राष्ट्रिय खेलको परिचय बनाएको भलिबल महिला टिमकी कप्तान अरुणा शाही समेत प्रदेश सरकारबाट उपेक्षामा पर्दा नराम्रो लागेको सुनाउँछिन् ।

‘खेलमार्फत जिविकोपार्जन गर्न सकिन्छ भनेर सन्देश गइरहेको बेलामा प्रदेशले खेलाडीलाई वास्ता नगर्दा गलत सन्देश जान्छ । नयाँ पुस्ताका खेलाडीलाई विश्वास दिलाउन पनि प्रदेश सरकारले सम्मान गर्नुपर्छ भन्ने सोचेको छु ।’ उनले भनिन् ।

न्यु डाईमण्ड रोज्नु -'पारिवारिक ...

कप्तान अरुणा प्रदेश सहित संघीय सरकारले खेलकुदमार्फत खेलाडीले जीवन धान्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्छिन् ।
‘खेलाडीले धेरै समस्या पार गर्दै देशका लागि खेल्छन् । नतिजा पनि राम्रै ल्याएका छन् । तर सरकारले अब खेलाडीको समस्यालाई सम्बोधन गर्नुपर्छ ।’ उनले भनिन्, ‘खेलेर जीवन धान्न सकिन्छ भन्ने सन्देश जानुपर्छ । आउने खेलाडीले हाम्रो जस्तो समस्या नभोगुन् ।’

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल स्पर्धाका पदक विजेता ४ सय ३५ जना खेलाडीलाई संघीय सरकारले १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार र प्रोत्साहन स्वरुप वितरण गरिसकेको छ । व्यक्तिगत र टिम स्पर्धाका पदक विजेता खेलाडीलाई फरक फरक रकम पुरस्कारको व्यवस्था गर्दै सरकारले खेलाडीको सम्मान गरेको हो ।

बाग्मती प्रदेश लगायतका अन्य प्रदेश तथा स्थानीय सरकारले समेत आफ्नो प्रदेश र स्थानीय तहबाट प्रतिनिधित्व गर्दै सागका पदक जित्ने खेलाडीलाई थोरबहुत नगद सहित सम्मान गरेका छन् । तर गण्डकी प्रदेश सरकारले आफ्ना प्रदेशका खेलाडीलाई पुरै बेवास्ता गरेको पदक विजेता खेलाडीको गुनासो छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकूद महाशाखाका उपसचिव तेजप्रसाद काफ्ले खेलाडीको सम्मानका लागि प्रदेश सरकारले प्रक्रिया सुरु गरिसकेको जवाफ दिन्छन् । बजेट विनियोजन गरेर पदक विजेता खेलाडीको सूची निकाल्न मन्त्रालयको काम सुरु गरेको काफ्लेको भनाई छ ।

‘कोरोना भाईरसको संक्रमणको डरले देशभर लकडाउनको अवस्था छ । तर अवस्था सामान्य बन्ने बित्तिकै खेलाडीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको तयारी छ ।’ उनी भन्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP