एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टिमका सदस्य उमार अकमललाई क्रिकेट खेल्न तीन वर्षको प्रतिबन्ध लगाएको छ ।
पीसीबीले सोमबार अकमललाई सबै खाले क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
ब्याट्सम्यान अकमललाई म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध गरिएको हो । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको भन्दै बोर्डले उनलाई प्रतिबन्ध गरेको हो ।
पीसीबीले सामाजिक संजाल ट्वीटरबाट उनलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
अनुशासन कमिटिका अध्यक्ष फजल चौहानसहितको कमिटिले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको पीसीबीले जनाएको छ ।
यस अघि पीसीबीले उनलाई गत फेब्रुवरीमा निलम्बन गरेको थियो ।
२९ वर्षे अकमलले पाकिस्तानका लागि १६ टेष्ट, १ सय २१ एकदिवसीय र ८४ टी-ट्वान्टी खेलेका छन् ।