गल्फको तीन ठुला प्रतियोगिता स्थगित
सोमबार, २४ चैत्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ ।
अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो ।
अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ । यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ ।

त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ भने रद्द गरिएको छ । जुलाईमा तय भएको यस प्रतियोगिता अब सन् २०२१ मा हुनेछ ।
ओपन च्याम्पियनसिप गल्फ सन् १९४०-४५ मा भएको दोस्रो विश्व युद्धपछि पहिलो पटक रद्द भएको हो ।






-1761584666208.jpeg&w=3840&q=75)



%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
