युएस ओपन महिला गल्फ स्थगित
शुक्रबार, २१ चैत्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकामा आयोजना हुने ७५ औं संस्करणको युएस महिला ओपन च्याम्पियनसिप गल्फ स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण जुन महिनामा हुने प्रतियोगिता स्थगित गरिएको हो ।
प्रतियोगिता टेक्सासको होउसटन गल्फ क्लबमा जुन ४ देखि ७ सम्म हुने तालिका रहेको थियो ।
अब प्रतियोगिता डिसेम्बर १० देखि १३ सम्म हुने बताईएको छ ।
युएस गल्फ एसोसियसनका सिईओ माइक डेभिसले खेलाडीको स्वास्थ्यलाई मध्ये नजर गर्दै प्रतियोगिता सारिएको तर यसै वर्ष प्रतियोगिता आयोजना गर्न प्रतिबद्द रहेको बताए ।
गत संस्करणको उपाधि जेओनगुन लीले जितेकी थिईन् ।






-1761584666208.jpeg&w=3840&q=75)



%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
