इलाम । इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
इलामको टुँडिखेलमा हुने फाइनलमा मछिन्द्र फुटबल क्लब र आयोजक माईभ्याली क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । मछिन्द्र र आयोजक पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेका हुन् । त्यसैले दुवै टिम पहिलो पटक माईभ्यालीको उपाधि जित्न चाहन्छ ।
फाइनल अघि दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् ।
प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
यस अघि सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनल पुगेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजकले मछिन्द्रसँगको भेट पक्का गरेको हो ।