काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेल आज (शनिबार) हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र आयोजक सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सहाराबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।
विजेताले सेमिफाइनलमा थ्री स्टार र गान्तोक सिटी भारतबीचको विजेतासँग खेल्नेछ ।
पुलिस बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यस्तै सहाराले ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।