काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार १० खेलाडीमा सिमित खुमलटारले नयाँ बस्ती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
खुमलटारको जितमा आदील हामिद र सबिन केसीले एक एक गोल गरे । नयाँ बस्तीका गणेश हमालले एक गोल फर्काए ।
यस्तै खेलको दोस्रो हाफमा आशिष सोनामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा खुमलटार १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै खुमलटारले ३ खेलमा अपराजित रहदै ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ ।
३ खेलमा ३ अंक जोडेको नयाँ बस्ती आठौं स्थनमा रहेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।