एजेन्सी । पाहुना टिम अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ ।
बुधबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २-० ले आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले दिएको २ सय ७२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा जन्नीमन मालनले अविजित रहदै १ सय २९ रनको शतकीय इनिङ्स खेले । हेन्रिच क्लासेनले ५१ रन जोड्दा जेजे स्मुट्सले ४१ रन जोडे । यस्तै डेभिड मिल्नरले ३७ रन बनाए ।
अष्ट्रेलियाका एडम स्मिथले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो । उसका आरोन फिन्च र म्याथ्यु सर्टले समान ६९/६९ रन बनाए । मिचेल मार्शले ३६ रन जोड्दा डेभिड वार्नरले ३५ रन बनाए ।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ६ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका ७४ रनले विजयी भएको थियो ।