मंगलबार, ०३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथ्लेटिक्‍समा बाध्यकारी व्यवस्था र बुझ्नुपर्ने तथ्य !

शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता
एथ्लेटिक्‍समा बाध्यकारी व्यवस्था र बुझ्नुपर्ने तथ्य !
Loading ad...
mustang rice ad

शुशील नरसिंह राणा ।

नेपाल एथ्लेटिक्स संघको पछिल्लो बिज्ञप्ती चर्चामा छ । एथ्लेटिक्सका ईभेन्ट्स गर्न संघले बाध्यकारी स्विकृतिको व्यवस्था गरेको छ । संघको स्विकृती बिना सञ्चालित प्रतियोगितालाई अवैधानिक ठहर हुने बताईएको छ । धेरैपछि संघले बिज्ञप्तीमार्फत आफ्नो उपस्थिती देखाएको छ ।

संघको निर्णयमा समर्थन-विरोधका स्वर उत्तिकै छन् । सामाजिक सञ्जाल टिका टिप्पणीले भरिएको छ । सिङ्गो खेल जिवन एथ्लेटिक्समा ब्यतित गरेको हिसाबले पछिल्ला घटनाले निकै दुखी छु ।

जन्मदेखि भोगाईसम्मका विभिन्न प्राकृतिक गतिविधिबाट एथ्लेटिक्स विकास भएको मानिन्छ । रन, जम्प अनि थ्रो विभिन्न खेलमा समावेश हुन्छ । त्यसैले एथ्लेटिक्सलाई खेलको जननी अथवा मदर अफ स्पोर्ट्स पनि भनिन्छ ।

विश्व एथ्लेटिक्स एशोसियसन (आईएएफ)ले कार्यान्वयनमा ल्याएको किड्स एथ्लेटिक्सको विधालाई फुटबल लगायत विभिन्न खेलले प्रयोगमा ल्याएका छन् । किड्स एथ्लेटिकसलाई धेरै खेलले आफ्नो खेल विकासका लागि अन्त्यन्तै प्रभावशाली विधिको रुपमा लिएका छन्, प्रयोग गरेका छन् ।

नेपाल एथ्लेटिक्स संघले आफ्नो बार्षिक क्यालेन्डरमा देश भित्र सञ्चालन हुने प्रमुख प्रतियोगितालाई सुचिकृत गर्ने, सदस्यता शुल्य लिने, प्रतियोगितामा प्रतिनिधि उपस्थित गराउने, प्रतियोगिता अन्तराष्ट्रिय वा संघको मापदण्ड अनुसार चलेको छ-छैन हेर्ने, त्यसको अभिलेख राख्ने, रुटलाई र नतिजालाई अन्तराष्ट्रिय स्तारमा प्रमाणिकरण गर्नेनै रहन्छ ।

वर्तमान समयमा काठमाडौं लगायत देशभर स्तरीय म्याराथन प्रतियोगिता सञ्चालन भईरहेका छन् । नीजि स्तरमा संचालन भईरहेको प्रतियोगिताको नतिजा अन्तराष्ट्रिय स्तरमा कुनै मान्यता छैन । आयोजक आफैले ठुलो दुख, सुख गरेर प्रतियोगिता गर्छन् । कार्यक्रम सकिए लगत्तै अर्को बर्षका लागि प्रायोजकको खोजीमा दौडधुप सुरु गर्छन् ।

निकै कष्ट, असहजता र बिषमताको बाबजुत प्रतियोगिता सञ्चालन हुने गरेको देखिएको छ ।

अझ खेलका दौरान रुटका बारेमा विवाद सिर्जना भईरहेको देखिन्छ । नतिजाका बारेमा विवाद सिर्जना हुन्छ ।

बर्षभरी झरी, जोडो, गर्मी नभनी सामान्य आहाराको भरमा मेहनत गरिरहेका खेलाडीहरु नतिजामा विवाद उत्पन्न भएपछि निराश भएर घर फर्कनु परेको तितो यथार्थ हामीसंग छ ।

सबै विवादको निराकरण राष्ट्रिय संघको जिम्मेवारी बोकेको नेपाल एथ्लेटिक्स संघले लिनुपर्ने हो । ढिलै भएपनि यसलाई व्यवस्थित गर्ने सुचना अध्यक्ष ज्यूको हस्ताक्षर सहित आधिकारिक रुपमा आएको छ । संघको कदम र निर्णयको हामीले स्वागत गर्नुपर्छ ।

प्रश्न आउछ, के कुनैपनि एथ्लेटिक्सको कार्यक्रम आयोजना गर्दा संघको स्विकृती लिनुपर्ने बाध्यकारी हुन्छ ?

हैन, यो नियम संसारमा कतैपनि लागु हुदैन ।

संसारभर एथ्लेटिक्सका अधिकांश प्रतियोगिता स्वत स्र्फुत रुपमा सञ्चालन भईरहेका हुन्छन् । कतिले राष्ट्रिय संघसंग मान्यता लिन्छन्, कतिले आफ्नै मनोरञ्जन तथा स्वास्थ्य चेताना अभिवृद्धिको हिसाबले सञ्चालन गर्छन् ।

कतिले आफ्नो देशको राष्ट्रिय संघ वा अन्तराष्ट्रिय संघको स्विकृति समेत लिदैनन् । विश्वमा ४ सय बढी रोड रेस तथा म्याराथन आयोजक सदस्य भएको एम्स (एसोसियसन अफ ईन्टरनेश्नल म्याराथन तथा डिस्टेन्स रेस)को सदस्यता लिएर प्रतियोगिताको रुट र नतिजालाई अन्तराष्ट्रिय स्तरको प्रमाणिकरण गर्ने तथा प्रतियोगिताको अन्तराष्ट्रिय स्तरमा बिज्ञापन तथा बजारिकरण समेत गर्न सक्छन् ।

नेपालमा समेत संघको नजर नपुगेका धेरै जिल्लामा भएका एथ्लेटिक्सका प्रतियोगिताले राष्ट्रको मुलधारमा बर्षेनी सयौं नयाँ प्रतिभा पठाईरहेको तथ्यलाई नकार्न नमिल्ला ।

पुन एक पटक घरेलु प्रतियोगितालाई व्यवस्थित बनाउँदै जाने संघको निर्णयलाई स्वागत गर्दै बिद्धान, उर्जाशिल र आफ्नो जिवन एथ्लेटिक्स खेलमा बिताएका अन्यन्त संवेदनशिल नेपाल एथ्थलेटिक्स संघका नयाँ कार्यसमितिका सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन