इबीए कप बास्केटबल शुक्रबारबाट
बिहिबार, फागुन १, २०७६खेलपाटी संवाददाता
काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा जुनियर ब्वाइजमा ३२ र सिनियर गल्र्समा १६ गरी ४८ टिमको सहभागिता रहने इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्सको खेल थ्री बाइ थ्री ‘फर्मेट’ मा हुने छ ।
जुनियर ब्वाइजमा एन्जल्स हार्ट तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।
साताव्यापी प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


