फिट्नेस गराजको शाखा थापाथलीमा
शनिबार, १८ माघ २०७६खेलपाटी संवाददाता
काठमाडौं । फिट्नेस गराजको अर्को शाखा थापाथलीमा शनिबारदेखि सञ्चालनमा आएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले गराजको उद्घाटन गरे ।
फिट्नेस गराजको पहिलो शाखा खिचापोखरीमा रहेको छ । काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदी मुख्य लगानीकर्ता रहेको गराजमा जिम, कार्डियो र साउनाको सुविधा छ ।
करिब १ करोड लागतमा गराज सञ्चालन गरिएको सुवेदीले जानकारी गराए ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



