नासा कलेजको खेल महोत्सव
बिहिबार, ०२ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नासा कलेजले खेल महोत्सवको आयोजना गरेको छ । महोत्सवमा फुटसल,बास्केटबल,टेबल टेनिस,ब्याडमिन्टन र क्रिकेट खेलहरु समाबेश गरिएको छ ।
महोत्सव अन्तर्गत बिहिबार भएको नासा इन्ट्रा कलेज फुटसलको उपाधि बाह्र डी सिक्सले जितेको छ । फाइनलमा बाह्र डी सिक्सले एम थ्रीलाई ३–१ गोलले पराजित गर्यो ।
विजेता टिमका लागि आयुष ढकाल,विरेन्द्र र अभिषेक बलले गोल गरे । उपविजेताका अनमोल निरौलाले एक गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत टेबल टेनिस र ब्याडमिन्टन शुक्रबार हुनेछ भने बास्केटबलको फाईनल खेल माघ ७ गते हुने आयोजकले जनाएको छ ।
विजेतालाई नेपाल भलिबल संघका महासचिव समेत रहेका नासा कलेजका डाइरेक्टर जितेन्द्र बहादुर चन्दलगायतले पुरस्कृत गरे ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



