काठमाडौं । जन ज्योति पब्लिक स्कुलले क्विक्स कप अन्तर गर्ल्स स्कुल फुटबलको उपाधि जितेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २-१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो ।
जन ज्योतिको जितमा दिक्षा खांड र एलिसा थापा मगरले एक एक गोल गरे । दुर्गाका सुनिता बोलानले एक गोल फर्काए ।
उपाधिसँगै जन ज्योतिले ३ लाख प्राप्त गर्दा दुर्गाले १ लाख ५० हजार प्राप्त गर्यो ।
महादेव स्कुलले तेस्रो स्थान हासिल गर्यो । महादेवले ज्वालामुखीलाई १-० ले पराजित गर्यो ।
महादेवले ७५ हजार पाउँदा ज्वालामुखीले ५० हजार प्राप्त गर्यो ।
प्रतियोगितामा जन ज्योतिका बिनिषा सुनुवार उत्कृष्ट गोलकिपर, दिक्षा खांड उत्कृष्ट फरवार्ड र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
महादेवका प्रतिक्षा चौधरी उत्कृष्ट डिफेन्डर र दुर्गाकी सुनिता सुनुवार उत्कृष्ट मिडफिल्डर चुनिइन् ।
उनीहरुले समान ५/५ हजार प्राप्त गरे ।
प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ ।