काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् ।
बल पोजिसनमा ब्रिगेडले पकड बनाएपनि गोल गर्न सकेन ।
ब्रिगेड आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।
सरस्वती भने पहिलो अंक जोड्न चाहन्छ ।