एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मिडफिल्डर मौसा सिसोको आगामी अप्रिलसम्म मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको शल्यक्रिया गरेपछि सिसोको करिब ३ महिना मैदान बाहिर रहने भएका हुन् ।
नयाँ वर्षको दिन साउथह्याम्पटनविरुद्ध १-० को हार व्यहोर्दा सिसोकोले दायाँ घुँडामा चोट बोकेका थिए ।
फ्रान्सका ३० वार्षिय मिडफिल्डर सिसोको यस सिजन २१ खेलमा २ गोल गरेका छन् ।
यस सिजन टोटेनहम छैटौं स्थानमा रहेको छ ।
