काठमाडौं । स्मृति बोर्डिङ स्कुल र जन ज्योति पब्लिक स्कुलले क्विक्स कप अन्तर स्कुल फुटबल अन्तर्गत गर्ल्समा जित निकालेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको पहिलो खेलमा स्मृतिले नेपालयलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
स्मृतिको जितमा अर्बिना पौडेलले ह्याट्रिकसहित ४ गोल गरिन् । अर्बिनाकै आत्मघाती गोलमा नेपालयले एक गोल फर्काएको थियो ।
अर्को खेलमा जन ज्योतिले एसएमडी स्कुललाई ५-० ले हराएको छ ।
जन ज्योतिको जितमा दिक्षा चन्दले ह्याट्रिक गरिन् । अन्जली चौधरी र पवित्रा चौधरीले एक एक गोल थपिन् ।
तेस्रो खेलमा बार्चुली सेकेण्डरीले छहारी शिक्षा सदनलाई २-१ ले हराएको छ ।
बार्चुली का लागि सलिना थारु र रजनी घर्ति मगरले एक एक गोल गरिन् । छहारीका रबिना सुवेदीले एक गोल फर्काईन् ।
प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ ।